Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अन्धविश्वास र नेपाली समाज

   
350   पटक पढिएको

लेखक बिवेक जिसी

विवेक जि सी
हाम्राे संस्कृतिमा धेरै वैज्ञानिकताका साथै ढाेङ्ग डरका कारण देखिएकाे श्रद्धा र कतै कतै कट्टरपन्थी साेंच पाउन सकिन्छ । के तपाईलाई भुतप्रेतमा विश्वास लाग्छ?निर्धक्क साथ भन्नुहुनेछ लाग्दैन त्यसाे थए भुतप्रेतकाे प्रसंग कहाँबाट अायाे? किन भुतप्रेत भन्नसाथ मान्छेहरु भयाभित हुन्छन?म भन्छु,भुतप्रेत भन्ने कुराहरु अन्धविश्वास हुन।यस्तै थुप्रै अन्धविश्वास छन।वाेक्सीले पनि हाम्राे समाजमा जरा गाडेर बसेकाे छ, हाम्राे समाजमा बाेक्सीका नाममा महिलालाई जिउदै अागाे लगाउने,मलमुत्र खुवाउने कुटपिट गर्ने धेरै अपराध भएकाे छ।यस्ता हर्कत समाजका वुद्धिजिबीबाटै धेरै हुने गरेका छन।सपना देख्नु,विरालाेले बाटाे काढ्दा परै राेकिनु अझ वली दिने प्रथा हाम्राे समाजमा झन जटिल बन्दै गएकाे छ निश्चित मान्छेकाे स्वार्थमा मान्छेकाे नै वलि दिएकाे घटना पनि नघटेका हाेइनन यस्ता हर्कतले नेपाली समाज कता जादै छ भन्नेमा अासङका गर्न सकिन्छ।नेपालकाे पश्चिम भुभागमा यस्ता घटना सुन्न र हेर्न पाईन्छ ।अहिले काेराेनाका नाममा धेरे भ्रमहरुकाे खेति गरेकाे पाईन्छ पुजापाठ गर्ने जस्ता कृयाकलापहरु भईराखेका छन।गाडी चलाउदै गर्दा स्टिरिङ छाडेर पनि मन्दिरमा दर्शन ट्क्राउछन।अरु कुरा त छाेडाैं वरिष्ठ डाक्टरहरुले उपचार दिने अस्पतालमा पुजाअाजा गर्ने मन्दिर बनाईन्छ।हामी पढेर जति विद्धान बन्याैँ त्यति नै रुढिग्रस्त बन्दै गएका छाैँ।हाम्राे समाज ज्यान दिन तयार छ तर अन्धविश्वास छाड्न पटक्कै तयार छैन् अझ भन्ने हाे भने पिछडिएको क्षेत्रमा धामी झाक्रीकाे प्रचलन बढी मात्रमा देखिन्छ।डाक्टरले सन्चाे गराउन नसक्ने भन्दै धामीझाँक्री गरेपछि निकाे हुने भन्दै यस्ता हर्कत गरिन्छ यस्ताे सङ्किण साेचाईले समाजले फड्काे कहिले मार्ने।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया