Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

"भो मनाउदैन म"..नयाँ बर्ष २०७७ : यम थापा विवस

   
474   पटक पढिएको

अर्घाखाँची,चैत्र २८।

विश्व रोहिरहेको बेला,म कसरी मनाउ नयाँ बर्ष २०७७ ?
विश्व डर र त्रास ले बन्द कोठरिमा बन्द भइ,जेल सरि जिबन ब्यतित गरि मस्त सुतिरहेको बेला,म कसरी फोडौ हर्सोउल्लास ले ती गुन्जयमान पटाखाहरु..?

विश्व नै दुशित आक्सिजनले स्वास प्रस्वास नै फेर्न नसक्ने गरि घुर्की रहेको बेला,म कसरी उडाउ आकाशमा ति हावाले भरिएका रंगिन गुबाडा,बेलूनहरु..?
विश्व नै छटपटाइ रहेर कुनै विकल्प खोजी रहेको बेला,म कसरी फुकु कसरी बजाउ,मेरो नेपालको नयाँ बर्षको गुन्जयमान बिकुल?

विश्वकै अर्थतन्त्र भोक मारिकै चपेटामा परेको बेला,२ पैसा खर्च गरि म कसरी मनाउन सक्छु नयाँ बर्ष २०७७ ?
तेसैले त म भन्छु...भो मनाउदैन म मेरो देश नेपालकोनयाँ बर्ष २०७७

तेसैले त म भन्दैन.....
म भन्दैन नया बर्ष संगै तिम्रो धेरै धेरै प्रगतिहोस्..!
म भन्दैन नया बर्ष संगै तिम्रो जिन्दगी फुलोस,फलोस्.!
म भन्दैन हिमाल झै हास्नु कमल झै फुल्न....!

म भन्छु.....२०७७ 
नयाँबर्ष २०७७  को आगमन संगै तिमिमा मानबता र इमान्दारीता सधैं रहिरहोस्!
मानवरूपी चोला भिरेको मान्छेमा कहिले दानव रुपि कु-सोचाइ हरुको बिकास नहोस!
बिपतको घडीमा साहानुभुति र सकारात्मक सन्देशको प्रचार प्रासार गरौं!
दिन,दुखी,असाय,पीडितहरुमा सधै आफू सक्दो सहयोगको भावना राखौं!
सानो ठुलो सबैलाई सम्मान गर्न सिकौं,एकैपटक आकाशमा उडन न खोजौ!

 विश्व छत बिछत भएको बेला,म मेरो देश नेपाल र नेपालीको नयाँ बर्ष २०७७ ले विश्व मै नयाँ सान्ती स्थापना कायम गर्ने छ,र अन्तिम कोरोना बर्ष २०७६ लाई बाइ बाइ गर्दै नयाँ बर्ष २०७७  को पहिलो चरण मै कोरोना (Covid-19) भाइरसको अन्त्य होस् र नयाँ बर्ष हर्सोल्लास खर्च गरेर होईन साधारण फोनकल,मेसेज,विभिन्न सोसल माध्यम बाट सुभ कामाना आधान प्रधान गर्ने गरौं भन्दै नयाँ बर्ष २०७७ को हार्दिक मंगलमय सुभ कामाना भन्न चाहे।।

 

यम थापा बिबस
सन्धिखर्क १०,अर्घाखाँची ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया