Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सम्झनाले सताउदा त बिरानो भो शहर : निरु क्षेत्री

   
292   पटक पढिएको

सम्झनाले सताउदा त बिरानो भो शहर !!

सम्झनाले सताउदा त बिरानो भो शहर आज आसै आसमा बित्ने भो तिमी आउने प्रहर आज!सम्झनाले सताउदा त बिरानो भो शहर !!

हुन्छु तिम्रो यादमा सधै टोलाउदै कता कता तिम्रै आद त मलाइ लाने भैरहेछ जहर आज
सम्झनाले सताउदा त बिरानो भो शहर !!

रमाउदै छौ होला तिमी ठुलो ठूलो महल भित्र हासी हासी स्विकार्य छ तिम्ले दिएका कहर आज!सम्झनाले सताउदा त बिरानो भो शहर !!

सम्झनामा सधै सधै दिलभित्र भएर नि धन सम्पती जवानीको चलीरहेछ लहर आज माया गर्छु!
सम्झनाले सताउदा त बिरानो भो शहर !!

खुसी रहु यहि त मेरो चहाना हो रुवाउछे कि पराइले भन्ने केबल डरभो आज।
सम्झनाले सताउदा त बिरानो भो शहर !!

मिलन मात्रै होइन चाह ,खुसी तिम्रो मुहारमा होस भएछु म भुइको धुलो पाउमा मेरा रहर आज !
सम्झनाले सताउदा त बिरानो भो शहर !!

छत्रदेव ७ अर्घाखाँची हाल काठमाडौं

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया