Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हरायो नभन्नु प्रिया केहि टाढा दुरिमा छु। (गजल)

   
263   पटक पढिएको

लेखक मुकुन्दराज रोका

 

# गजल#

हरायो नभन्नु प्रिया केहि टाढा दुरिमा छु!
हात सम्म समाउन मिल्दैन मझ्बुरिमा छु!

अस्त्रको लढाई गौण बन्यो यस्को सामु त,
हावामा क्षेणिएको युद्ध जित्ने हुरिमा छु!

ख्याल ठट्टा गर्ने समय हैन यो बुझ तिमी,
रेट्न सक्छ प्राण धार परेको छुरिमा छु!

कहाँ राख्छ र लुट्नेले बाकि केही साचेर,
मानो पाथिनै लुटिए पछि त म मुरिमा छु!

कसैले भन्ला सानो ठूलो उचो निचो कतै,
सम्बन्धमा समान्ता ल्याउने मन्जुरीमा छु!

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया