Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कम्युनिष्ट पार्टीका सदस्य मा हुनुपर्ने गुण

   
153   पटक पढिएको

लेखक सुरेश आचार्य

कम्युनिष्ट पार्टीका असल सदस्य हुनका लागि मार्क्स र लेनिन का योग्य चेला बन्नुपर्छ कम्युनिष्ट पार्टीको कार्यक्रम निती र विचार मान्ने सदस्यता शुल्क तिर्ने र पार्टीका सङ्गठन मध्ये कुनै एक मा काम गर्ने हर व्यक्ति सदस्य बन्न सक्छ! यि शर्तहरु पूरा नगरे कोही पनि पार्टिको सदस्य बन्न सक्दैन , तर कुनै कम्युनिष्ट ले पनि पार्टीको निती नियम मा उल्लेखित न्यूनतम शर्त हरू पुरा गर्ने पार्टी सदस्य भएर मात्र सन्तोष नलिई उसले प्रगति गर्ने अाफ्नाे राजनैतिक चेतनाको स्तरलाई अटुट रूपले उठाउने र मन लगाएर मार्क्सवाद लेनिनवाद को अध्ययन गर्ने अथक प्रयास गर्नु पर्दछ अाफ्नाे मन्थन र विकास गर्दा हामिले मार्क्सवाद लेनिनवाद का महान संस्थापक हरूका जिबन भरिका देखापरेका शब्द र कार्य हरू कृति र गुण हरूलाई नमुनाको रूपमा लिनु पर्छ , मार्क्स को बारेमा एङगेल्स ले भनेका थिए " मार्क्स सर्वप्रथम एक साना  क्रान्तिकारी थिए उनको जिबनको बास्तविक दायित्व एक न एक तरिकाले पूजिबादि समाज जसले खडा गरेको राज्य संस्थाहरू लाई पल्टाउनेमा योगदान दिनु उसै द्वारा सर्वप्रथम अाफ्नाे स्थिति र आवश्यकता बारे चेतना प्राप्त गर्ने आफ्नो मूक्तिका अबस्थाहरू बारे सचेत हुने आधुनिक सर्वहारा वर्गको स्वाधिनता को लागी योगदान दिनु थियो "लड्नु उनको तत्व थियो ,पुरा तत्पयता ढृढता र सफलताका साथ लडेका थिए जसको उदाहरण मूश्किललै पाइन्छ !
"मार्क्स तत्काल काम गर्नु परेको बखत जुन व्यापक दृष्टिका साथ उनि सहि कुरा निकाल्थे र निणार्यक मामिलाहरू समाधान गर्थे त्यस्तो दृष्टि हामी कसैमा छैन" त्यसैले हामी सबैले मार्क्स र लेनिन का विचार र गुण हरूबाट सिक्नु पर्छ र उनिहरूको योग्य चेला बन्ने अथक प्रयास गर्नु पर्दछ ! प्रत्येक कम्युनिष्ट पार्टीका सदस्यहरुले धर्तीमा खुट्टाले टेक्नुपर्छ तथ्यहरूले सत्यको खोजी गर्नु पर्छ, कुनै पनि कुराको सत्यता पत्ता लगाउन उनिहरूको कुरा बाट होइन उनिहरूको सोच कार्यप्रणालीको बास्तविक स्वरूपको मूल्याङ्कन गरेर गर्नुपर्छ , अाफुलाई मन्थन गर्न कठिन परिश्रम गर्नुपर्छ , अात्मविश्वाशका लागि दत्तचित्त भएर काम गर्नु पर्दछ ,र उसले आफ्नो विचार र गुण क्रमिकरुपले सुधार गर्दै लैजान हर प्रयास गर्नु पर्दछ, उसले  मार्क्सवाद लेनिनवाद का संस्थापक हरू जस्ता महान क्रान्तिकारी हरूका विचार र गुण हरूलाई आफ्नो पहुँच बाहिरको कुरा ठान्नु हुँदैन ,यदि उसले यसो गर्यो भने उ राजनैतिक हुल्लडबाज   (काम नलाग्ने काठको टुक्रा) बन्न पुग्नेछ !
मार्क्सवाद - लेनिनबाद का संस्थापक हरूका गुण बाट सिक्नु र खुद मार्क्सवाद लेनिनवाद सिक्न हामीले अवश्य सहि  प्रवृत्ति लिन पर्छ , नत्रभने राम्ररी सिक्न र सहि बाटो लिन व्यबहारमा उत्तार्न गाह्रै पर्नेछ, केहि सदस्यहरूको विचार यस्तो पनि देख्न सकिन्छ ,सिक्ने कुरामा आ-आफ्नै किसिमका प्रवृत्ति राख्ने गर्छन् मार्क्स र लेनिन बारे अध्ययन गर्दा मार्क्सवाद लेनिनवाद को सार कुरा नबुझी खाली शब्दावली हरू मात्र बढी सतहमै रम्ने मानिसहरू पनि छन् उनिहरुले मार्क्सवादी लेनिनवादी साहित्य पढेतापनी उनिहरू यसका सिद्धान्त र निस्कर्ष हरू लाई कामको मेलो देखाउनेका रूपमा उपयोग गर्न सक्दैन , उनिहरू फुटकर सिद्धान्त र निस्कर्षहरू कण्ठस्थ गर्न मै सन्तोष लिन्छन् ,र उनिहरू नै फेरि आफुलाई सच्चा माक्र्सवादी लेनिनवादी सच्चा क्रान्तिकारी भन्न पछि पर्दैनन् !
चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास लाई अध्ययन गर्दा बुझ्न सकिन्छ  चिनियाँ कम्युनिष्ट पार्टीका केहि सदस्य हरू त्यस्ता पनि थिए माक्र्सवादी लेनिनवादी शब्द र वाक्यहरू मात्र भट्याउने तर पनि उनिहरू आफुलाई चिनको मार्क अथवा चिनको लेनिन ठान्दथे पार्टीमा त्यस्तै अभिनय गर्ने र पार्टीका सदस्यहरुले उनिहरूलाई नेता मानेर समर्थन गर्नुपर्छ उनिहरू प्रति अादर देखाउनु पर्छ भन्ने धृस्टता राख्थे अधिकार यूक्त पदमा असिन हुन्थे ठालु भएर पार्टीलाई अादेश दिन्थे पार्टीलाई भाषण दिन तम्सन्थे  पार्टी भित्रका हर चिजलाई जथाभावी भन्थे आफ्नो मनोमानी विचार बनाउथे , यस्ता मनोमानी विचार  र गलत प्रवृत्ति हरू हाम्रो पार्टीका केहि सदस्यहरू मा पनी  देखा पर्न सक्छन्  यस्ता गलत विचार र क्रियाकलाप बाट टाडा नै रहनु पर्छ ,चिनिया कम्युनिष्ट पार्टीका अर्को थरि सदस्यहरू भने अाफुलाई मार्क्सवाद लेनिनवाद को संस्थापक हरुका चेला ठान्दथे , मार्क्सवाद लेनिनवादका सिद्धान्त र तरिकाको दत्तचित्त भएर अध्ययन गर्दथे र यसको सारतत्व र भावना लाई पक्रान हर प्रयास गर्दथे उनिहरू मार्क्सवाद लेनिनवाद का असल पाठक मात्र नभई बास्तविक तथ्येको खोजी र छानविन गर्ने अाफ्नै समयमा विशिष्ट चरित्रहरू र आफ्नो देशका सर्वहारावर्गले सामना गर्न परेका परिस्थितिका विभिन्न पछेहरूको अध्ययन गर्ने तथा आफ्नै देशको क्रान्तिको ठोस व्यवहारमा मार्क्सबाद लेनिनवादको सर्वव्यापी सत्य यथार्थ रूपमा प्रयोग गर्ने विशिष्ट प्रयास गर्दथे ति मानिसहरुको तरतरिका नै एक मात्र सहि तरिका हो ! मार्क्सवाद लेनिनवाद हरूको अध्ययन गर्ने र यसका संस्थापक हरूका गुण हरूबाट सिक्ने यो एउटै तरिका हो जसबाट हामि मार्क्स र लेनिन ढङ्गका कम्युनिष्ट सर्वहारा वर्गिय क्रान्तिकारी बन्न  सक्नेछौ !  हामिले हरेक कुरालाई सापेक्ष र निरपेक्ष रूपमा बुझ्नुपर्छ हामिले कुनै कुरालाई संदर्भ बाट अलग गरेर निरपेक्ष ढंगले बुझियो भने त्यसबाट सत्य पत्ता लगाउन सकिदैन उदाहरण का लागि माअोसेतुङ्ग को भनाई "सत्ता बन्दुकको नालबाट जन्मिन्छ " भन्ने उक्ति केहिबेर का लागी पनि अलग गर्नु संसोधनबाद सम्झनु गलत हुन्छ , यस्तो सोचाई अाधिभौतिक सोचाई हुन जान्छ ! माअोको यो उक्ति खालि क्रान्तिको सामान्य प्रकृति माथि नै प्रकास  पार्दछ  सशस्त्र सङ्घर्षको बाटो नगैकन हामिले क्रान्तिलाई सफल पार्न सक्दैनौ तर त्यसको अर्थ क्रान्तिको सम्पूर्ण कालकालागी संघर्षका अन्य सबै रूपहरू गैर क्रान्तिकारी हुन्छन् भन्ने ठान्नुहुदैन कुन बेला सशस्त्र संघर्षलाई जोडदिने कुनबेला सर्घषका  अन्य शान्तिपूर्ण रूपहरू ठिक हुन्छनन्  यी सम्बन्धित परिश्तिथीको विश्लेषण गरेर ठेगाना गर्नु पर्दछ  कुनै कुरालाई बेद बाक्य को रूपमा विश्लेषण गर्नु हुदैन
मार्ग पर्दशक सिद्धान्तका रूपमा बुझनु पर्छ
कम्युनिष्ट पार्टीको सदस्य ले व्यक्तिगत हितहरू पार्टीको हितहरूको स्थानिय पार्टी सङ्गठनमा हितहरू सम्पूर्ण पार्टीको एक खण्ड मा हितहरू सम्पूर्ण तत्कालीन हितहरू दिर्घकालिनको अधिनमा  हुनैपर्छ त्यो प्रत्येक कम्युनिष्ट पार्टीका सदस्य हरूले मान्नैपर्ने मार्क्सवादी लेनिनवादी सिद्धान्त हो ! यसलाई अनिवार्य रूपमा ग्रहण गर्नुपर्दछ पार्टीका सदस्य हरूले आफ्ना व्यक्तिगत हितहरू हर अवस्थामा पूर्णरुपमा र विनाशर्त पार्टीका हितहरूको अधिनमा राख्न सक्छ कि सक्दैन भन्ने कुरा नै पार्टी क्रान्ति र साम्यवादको उदेश्य प्राप्ति उसको अवस्था छ कि छैन भन्ने कुराको परिछया हो !
कम्युनिष्ट पार्टीक सदस्यले सम्पूर्ण पार्टीका हितहरूलाई पहिलो प्राथमिकता दिनु पर्छ ,र तिनीहरूलाई पहिलो पंक्तिमा राख्नुपर्छ , व्यक्तिगत कुरा र हितहरूलाई दोस्रो पंक्तिमा राख्नुपर्छ , पार्टीका हितहरूको सर्वोच्च स्थान नै त्यो  उच्चतम सिद्धान्त हो यदि कसैले पद वा ख्याति पाउने अथवा व्यक्तिगत बहादुरी देखाउने जस्ता अलग निजी आकांक्षा राख्यो भने त्यो कम्युनिष्ट पार्टी बिपरीत हुन्छ र त्यस्ता व्यक्ति हरु पार्टी भित्र पद्लोलुप बन्न पुग्दछन् ! कम्युनिष्ट पार्टीका सदस्य को दृष्टि मा कुनै व्यक्ति विशेष अथवा थोरै व्यक्तिहरूको हितको लागी अाफुलाई वलिदान दिनु जस्तो निकम्मा अथवा कच्चा अरू कुनै हुदैन तर पार्टीको निम्ति सर्वहारावर्गको निम्ति राष्ट्र र सारा मानवजातिको मूक्तिको निमित्त अाफुलाई बलिदान दिनु योग्य र उचित काम हो !
कम्युनिष्ट पार्टीको सदस्य मा सर्वोत्तम र सर्वोच्चमानब गुण हुनु पर्दछ र उसले प्रस्ट र दृढ पार्टी तथा सर्वहारा वर्गिय अडान लिनु पर्छ अर्थात् उसमा पार्टी भाबना हुनुपर्छ माक्र्सवाद लेनिनवाद माअोविचार धारलाई गहिराई पूर्बक अध्ययन गर्ने जनताका समस्यासित परिचित हुने जनताका बिचमा जराहाल्ने फुल्ने फल्ने दिशामा सचेत र सहज हुनुपर्छ , माक्र्सवाद लेनिनवाद माअोविचार धारलाई प्रयोग मा ल्याउन दैनिक र नियमित तरिकाले यसको सृजनात्मक अध्ययन गर्दै पार्टीको दृष्टिकोण भाबना र निती अनुकूल अाफुलाई अघि बढाउनु पर्दछ ! पार्टी पद्धति अनुसासन र नियमावली पालना गर्दै पार्टीको गोप्यताको सुरक्षा गर्दै पार्टीको सिद्धान्त, विचार कार्यक्रम निती र निर्णयलाई स्वीकार गर्दै व्यवहारमा उतार्ने दिशामा अगाडि बढे मात्र कम्युनिष्ट पार्टीको असल सदस्य हुन सकिन्छ ! 

 

सुरेश आचार्य 

केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेेश अध्यक्ष अखिल (छैठौं)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया