Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रुरुमा दैनिक १५/२० पटक बिधुत सेवा अबरुद्ध

   
407   पटक पढिएको

 चुरामनी तिमील्सिना,रिडी ।
चैत्र ३०,अर्घाखाँचीबुलेटिन - रुरु क्षेत्र आस पासका क्षेत्रमा दैनिक करिब १५ पटक बिधुत सेवा अबरुद्ध भयको छ। रिडि बजारमा बितरण सेवा रहेपनी सेवा प्रबाहमा चुस्त दुरुस्त देखियन।

 करिब २० ओटा सरकारी कार्यलय यहि आसपासमा दैनिक सन्चालन्मा रहेका छन सेवा दिदा दिदै बिचमा लाइन जाने समचार प्रबाह गर्दा नेट काटिने यसै गरि उधोगमा काम गर्दा बिचमै काठ काट्ने मेसिन्हरु रोकिने गर्दा जन्ताहरु दैनिक मर्कामा परेको स्थानिय बासिको दैनिक गुनासो रहेको छ।

पौष महिनाको अन्दिम तिर सन्चालनमा रहेको राम्रो र टिकाउ कम्पनिको ट्रास्भर्मर बिगि्रएकाले अहिले सम्म उस्तै उपकरण जडान भयको छैन यो प्राधिकरण ले जनताको गुनासो समेत सुनेको छैन हृसिकेस मन्दिरका ब्याबस्थापक पुजारी ओम प्रकाश भट्टराई ले बताउनुभयो । भट्टराईले बारम्बार विद्युत जाद मन्दिरमा नित्य पुजा गर्न समेत दुख भयको बताउनुभयो ।

हाल यो जडान वीर बास वाट सेवा सन्चाल्न गरेको पाइयको छ । बारम्बार रिडि बासी ले रिडि बितरण काउन्टरमा गुनासो राख्दा सामान आयको छैन सामान आयपछी मात्र पुरानै अबस्थामा लेराउन सकिन्छ भन्ने गरेको पनि झन्डै पाँच महिना सुरु हुन लागेको छ । ।बजार बासिहरुले पनि तेति चासो नदेखाउदा यो सिर्जना भयको हो कि भन्ने पनि पत्रकारको ठम्याइ रहेको छ जब सम्म रिडि बासिले यश काउन्टरमा ताला बन्दी गर्दैन्न ।

कार्यलय घेराउ गर्दैनन् तब सम्म यो अबस्था रिडि बासिको झेलिरहनुपर्छ ।यति लामो समय सम्म यो अबस्था हुदा पनि हालका जन प्रतिनिधि समाजका अगुवाहरु नागरिक समाज कता निदाइरहेका छन । वार्डन १ वार्ड अध्यक्ष रामलल बिकले य बिस्यमा आफुले पटक पटक मौखिक भन्दा नि प्राधिकरणले आस मात्रै देखायको र काम भने नगरेको बताउनुभयो ।

खास गरि रिडि कालीगण्डकी घाट मठमनिदिर सन्चार रेडियो ईन्टरनेटमा प्रत्यक्ष मिनेट मिनेटमा असर परेको वार्ड अध्यक्ष बिकले वताउनुभयो बिकले अब पनि सेवा सन्चालन्मा ढिलाइ भयमा वार्डले आफ्नै तरिकाले रणनिती बनायर अगाडी बडने बताउनुभयो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया