Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नयाँ वर्षको शुभकामना मा थपिएको शत्रु कोरोना

   
504   पटक पढिएको

कतार-नयाँ वर्ष २०७७ सालकाे उपलक्ष्यमा सम्पूर्ण देश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाइ , दिदिबहिनी,आफन्तजन एवम् इष्ट मित्र हरुमा उत्तराेउत्तर प्रगति एवम् सुस्वास्थ्य तथा दिर्घायुकाे हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।

साथै विश्वभर महामारी को रूपमा फैलिरहेको कोरोना भाइरस नामक विषाणुले मानव लगायत अन्य प्राणिमा क्षति पुगेको छ , धेरै मानविय क्षति भएको छ। म यस दु:खद घडीमा मृत्युको मुखमा परि सक्नु भएका सम्पूर्णमा गहिरो समवेदना प्रकट गर्दछु।

साथै कोरोना बाट सन्क्रमित सम्पुर्ण जाति मा शिघ्र स्वास्थ लाभको कामना गर्दछु। मानव ईश्वर को सर्वश्रेष्ठ रचना हो । मलाई ईश्वरमा पूर्ण विश्वास छ मानव र प्राणीको रक्षा ईश्वरले गर्नुहुनेछ, मानव वैज्ञानिकमा यो रोगबाट लड्ने प्रतिरोधात्मक औषधिको खोजपनि मात्र भगवानले प्रदान गरेको अमुल्य बुध्दिक्षमताको उचित प्रयोग बाट सफल छ, तसर्थ म भगवान सँग कामना गर्दछु हामीलाई सकारात्मक सोच, मनोबल , प्रतिरोधात्मक क्षमता प्रदान गर्नुहोस् साथै कोरोना नामक यस भाइरसको छिटोभन्दा- छिटो नष्टहोस् भनी कामना गर्दछु। जब हामीसँग, मन टुटेको बेलामा पनि चिन्ता नगरिकन मुस्कुराउन सक्ने छ्यमता हुन्छ भने, विस्वास गर्नुस, संसारको कसैले पनि हाम्रो मन टुटाउन सक्दैन र ईश्वरको ले पनि हामीलाई त्यो होैसला प्रदान गर्नुहुनेछ ।

नयाँ वर्ष फेरियो भन्दा पनि अहिले महामारीको को वातावरण फेरियो , यसको अन्त भयो भनेर राख्न म एकदम आतुर छु। र मलाई विश्वास छ यो भाइरस केहि दिनको शत्रु हो, यसलाई हामीले सकारात्मक सोच ,उच्च मनोबल बाट हराउन सफल हुनेछौं । केही दिन अगाडि स्पेनमा एकजना नेपालीले कोराना नामक यस भाइरसलाई हराउन सफल भए पश्चात् लेखिएको यो वाक्य निकै मार्मिक लागेको थियो "जीवनको जन्मपश्चात् मृत्यु साश्वत सत्य हो ।

तर, त्यो सत्यको विरोधमा हामी संघर्षशील रहिरहन्छौं " उहाँको उच्च मनोबल आज सबैलाई प्रेरित को स्त्रोत पनि हो। केही कुराहरू चाहेर पनि अधुरो रहने गर्दछन्। विदेशमा बसेका हामी सबैलाई यो दु:खद घडीमा देशको माया धेरै खट्किनु स्वाभाविक हो । देशलाई छोडेर विदेश बसेका अफ्ट्यारो पर्दा देशलाई सम्झिन्छन भनी पोष्ट र तर्क -वितर्क गरेको सामाजिक सन्जालमा धेरै लेखिएको देखियो। सबैको आफ्नो -आफ्नो एउटा बाध्यता अथवा केही परिस्थितिले मात्र विदेश मा बस्नुपरेको हुन्न सक्छ , तसर्थ सबैलाई एउटै दृष्टि ले कल्पना गर्नु अलि उचित नहोला ।यो घडी सहयोग , सकारात्मक सोच र मानवता देखाउने समय हो ।

सबैले आ-आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्नुहुनेछ र यो कठिन परिस्थितिलाई हामी जित्न सफल हुनेछौं । नयाँ सालको नयाँ उमँग जस्तै कोरोना जितको को महसुस खुलेर व्यक्त गर्ने दिन छिटो आउने कामना गर्दछु।जय नेपाल।

शेखर भुसाल
हाल कतार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया