Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कैलालीमा कोरोना संक्रमित महिलाको गाउँ नै सिल

   
227   पटक पढिएको

कैलाली । लम्की चुहा नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिलाको गाउँ नै सिल गरेको छ । आज नगरपालिकाले कोरोनाभाइरस संक्रमित महिला भेटिएको वडा नं १ लाई सिल गरेको हो ।संक्रमित ६५ वर्षीया महिला लम्की चुहा नगरपालिका वडा नं १ मा बस्दै आएकी थिइन् ।

संक्रमणको सम्भावित जोखिम लाई मध्य नजर गर्दै वडा नं १ लाई सिल गरिएको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बज्गाइँले रातोपाटीलाई जानकारी दिए । अहिले उनको गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गरेका छौ,’ नगर प्रमुख वज्गाइँले भने ।

उनले यस नगरपालिका क्षेत्र भित्रका अफ्ना नागरिकलाई जोखिमबाट मुतm गर्न कठोर निर्णय लिएको ताए । संक्रमणबाट बच्न र बचाउन अहिलेको मुख्य कार्यभार भएकाले नेपाल सरकारले जारी गरेको लकडाउनलाई पनि थप कसिलो बनाएको उनले बताए । उनले भारत र तेस्रो मुलुक वाट आएकाको लगत संकलन गरेर चेकजाँच तीव्र गरिएको पनि उनले बताए ।

भारत र तेस्रो मुलुकबाट आएकाको लगत संकलन गरी आज पनि ¥यापिड टेस्ट गरेको उनले जानकारी दिए । ‘टेस्ट गरेका सबैको रिपोर्ट सन्तोषजनक नै छ,’ उनले भने । यस नगरपालिकाभित्र भारत र तेस्रो मुलुकबाट लकडाउन अघि र पछी गरी ४८४ जना नागरिक भित्रिएको उनले बताए ।

उनले लकडाउन अघि आएकाको चेकजाँच शुरु नभएको र लकडाउनपछि मात्र भित्रिएका २०० जनाको ¥यापीड टेस्ट गरेको जिकिर गरे । वडा नं १ र ३ का नागरिकलाई चेक जाँच गर्न कालिका माध्यामिक, भरुवा वडा नं २, ४ र ५ का नागरिकका लागी पुरानो लम्की चुहा, वडा न. ७ र ९ का नागरिकका लागी सरस्वती मा.वि, प्रतापपुर र वडा नं ६ र १० का नागरिकका लागी सर्वोदय माध्यामिक विद्यालयमा -यापिड टेस्टको व्यवस्था गरी चेक जाँच गरिएको उनले बताए । लम्की बहुमुखी क्याम्पसमा करेन्टाइनमा ५२ जनालाई राखेको उनले जानकारी दिए ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीलगायत शंकास्पद लागेका नागरिकको पनि चेक जाँच गरिन थालेको उनले बताए । सामान्य रुघाखोकी, ज्वरो, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिने व्यतिmहरुलाई पनि नजिकको हेल्थपोस्ट या नजिकको अस्पतालमा गएर चेकचाँज गर्न गराउनसमेत भन्ने गरेको उनको भनाइ छ । लम्की चुहा नगरपालिकामा यस अघि पनि भारत वाट आएका एक पुरुषमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ ।रातो पाटि 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया