Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दुईजनामा कोरोना पुष्टि भएपछी सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण सुरु

   
339   पटक पढिएको

काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना संक्रमण परीक्षण गरिने भएको छ।

अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।अपार्टमेन्टमा बस्ने एकै परिवारका दुईजनामा कोरोना पुष्टि भएपछि त्यहाँ बस्ने सबैजनाको कोरोना परीक्षण गरिने भएको हो। त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले फेसबुकमार्फत जानकारी दिएको छ ।

आरडीटी परीक्षबाट एकै परिवारका तीनजनामा कोरोना संक्रमण देखिएपछि पुन: परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको मन्त्रालले पुष्टि गरेको छ।

एकजनाको भने पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ। उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए।तीनैजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। नगरपालिकाभित्र कोरोना संक्रमित देखिएपछि तीव्र गतिमा नमूना परीक्षण सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाको उपमेयर बिन्दु पुडासैनीले जानकारी दिइन्।

उनका अनुसार म‌ंगलबार नगरपालिकाको दुई र पाँच नम्बर वडामा विदेशबाट आएकाहरुको कोरोना परीक्षण भइरहेको छ। नगरपालिकामा विदेशबाट ६१ जना भित्रिएका छन्। उनीहरु सबै होम क्वारेन्टाइनमै छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया