Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नौतुनवामा गुल्मी र अर्घाखाँचीका ११४ जना सहित २९० नेपाली, भन्छन् -‘अर्काको देशमा रोग लागे पनि उद्धार नपाउने भयौँ’

   
4183   पटक पढिएको

                                                                              फाइल तस्विर 

काठमाडौं-  नेपाल प्रवेश गर्न नदिएर नौतुनवामा १७ दिनदेखि अलपत्र परेका नेपालीले आफूहरुमाथी अमानवीय व्यवहार भएको गुनासो गरेका छन् ।

आफूहरुलाई विद्यालयको कोठामा सामुहिक रुपमा राखिएको, गर्मिमा र लामखुट्टेले सताएको र कोरोनाको जोखिमबाट बच्न कुनै सुरक्षा प्रवन्ध नगरीएको गुनासो गरेका हुन् । नेपाल पुग्दै लाग्दा गत चैत १२ गते गुल्मी र अर्घाखाँचीका ११४ जना सहित २९० जनलाई नेपालले प्रवेश नदिएर सीमा नाकामा रोकिएको थियो । त्यसपछि उनीहरुलाई भारतले नौतुनुवाको एक विद्यालयमा राखेको छ ।

तर गर्मीमा लामखुट्टेको टोकाई र खाने बस्ने समस्याले आफूहरु तनावमा रहेको अर्घाखाँचीको मालारानीका सचिन खनालले बताए । ‘स्कूलको कोठामा सबै सामुहिक रुपमा बसेका छौँ, गर्मि र लामखुट्टेको टोकाईबाट बच्ने उपाय छैन,’ उनले आजको अर्थसँग भने ‘पालेले लाइन माथिको आदेश भन्दै बिजुलीको लाइन काटेपछि फ्यान चलाउन, मोवाइल चार्ज गर्न केही पाइँदैन ।

’ नगर निगमका सरसफाईँ मजदुरले बिहानै खाना बनाएर राखिदिने र रातो खुर्सानी राखेको पीरो दाल खाइनसक्नु भएको उनीहरुको गुनासो छ । सरकारले १४ दिन भनेपनि १७ दिन क्वारेण्टाइनको नाममा कष्ट काटेकोले नेपाल सरकारले आफ्नो देशमै क्वारेण्टाइनमा राख्नेगरी आफूहलाई प्रवेश दिनुपर्ने नेपालीहरुको माग छ । कार्यक्षेत्रबाट हिँडेर घर न घाटको भएपछि आफूहरु समस्यामा र घरपरिवार चिन्तामा परेर छटपटिएको नेपालीहरुको गुनासो छ ।

‘चुनावको बेला कार्यक्षेत्रमै गाडि पु–याउने नेताहरु अहिले सीमा सम्म आउँदा पनि प्रक्रिया पु–याएर उद्दार गर्न सकेनन्, हाम्रो लागि नत स्थानीय सरकार रहेछ नत प्रदेश नत केन्द्रीय सरकार’, खनाल भन्छन्, ‘सरकार, कोरोनाबाट बाँच्न राखेको हो की डेंगु र कोरोना एकैपटक लगाएर मार्न ?’ नेताहरुले गाउँमा राहत र उपकरण बाँड्न गएको समाचार पढेको भन्दै उनीहरुले आफूहरु अर्काको देशमा बिरामी पर्न सक्ने अबस्था आएको भन्दै उनीहरुले आफ्ना जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् ।

‘हामीले भोट दिएका नेताहरु गाउँमा राहत बाँड् गएको समाचार आउँछ तर हामीलाई लिन आउँदैछन् भन्ने समाचार कहिले आउँदैन,’ सचिनले भने, ‘गाउँमा बरु २÷४ महिना ऐंँचोपैंचो आटोढिँडो खाएर बाँच्न सकिन्छ तर हामीहरु त अर्काको देशमा रोग लागे पनि उद्धार नपाउने भयौँ, हाम्रा लागि नेताहरुले सोँच्लान कि ?’आजको अर्थ बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया