Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लकडाउन भनेको जहाँ होइन्छ तेहि बस्ने हो: तर जहाँ होइन्छ तेहि भोकै मर्ने होइन :कृष्ण प्रसाद आचार्य

   
309   पटक पढिएको

कृष्ण आचार्य,सन्धिखर्क,वडा नम्बर -१० 

बैशाख ५ ,अर्घाखाँचीबुलेटिन - करोडौंका गाडी चढेर,, दर्जनौं सुरक्षागार्ड लिएर, लाखौंका सेवा सुबिधा लिएर, लकडाउन घोषणा गर्न र जहाँ होइन्छ तेहि बस्नुपर्छ भन्न जति सजिलो छ भोक भोकै बस्न तेहि सजिलो छैन।

दाहाल र ओलीका भान्सामा उच्च स्तरको खाना पाक्दा मजदुरका भान्सामा भात र तेहि भातको तरकारी नपाक्ने? योत विभेद भएन र? कडा खालको लकडाउन हुनैपर्छ यो कुरामा ९९.९९% मान्छे सहमत छन् तर दिनभरी कमाएर साझ चुलो बाल्ने मजदुरहरुलाई भोकै भित्र बस भन्नत मिलेननी।

आफुलाई समस्या पर्दा आफैलाई काम लाग्ला भनेर कर तिर्न कहिलै पछि नपर्ने गरिब मजदुरहरुको पिडा गरिब मजदुरलाई मात्र थाहा छ। सर्वहारा वर्गको ब्यबस्था आयो भनी आजसम्म फुर्ती लाउने प्रचण्डले घरवरिपरि ७१ जना सुरक्षागार्ड राखेर भित्र मासु पकाउदै गर्दा मजदुरको चुलोमा सिन्की गुन्द्रुक पाक्योकी पाकेनभनी चिन्ता गरे के जान्छ? उबेला सरकारका हरेक काम निर्णयहरु गलत मान्ने आज सबै ठिक मान्ने कस्तो अचम्म होला? मान्छेहरु भोकले रुन सकेका छैनन्, मर्नुभन्दा बहुलाउनु बेश भन्दै १५ दिन लाग्ने बाटो हिन्न बाध्य भएका छन्।

लकडाउन गर्नु सरकारको स्वार्थ होईन सबैलाई बचाउन हो। तर रोग बाट पाखा लाएर भोकले मार्नत भएनी। बिश्वभरी लकडाउन छ तर जनता भोकले अतालिएको खबर भएको देशहरुमा हाम्रो देशनी पर्यो। बरु २०७७ मा कुनै बिकास नगरौं। त्यो बजेटभरी यो स्थितिमा खर्च गरौं।

गरिब मजदुरहरुलाई टन्न खाना खुवाउम। यसो गर्दा ७७ मा बिकास किन भएन भनी प्रश्न गर्ने अबुझ जनतानी छैन। लकडाउन उलंघन गर्नेलाई लौरो हैन जेलै हाल्ल्नुपर्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया