Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पल्ला घरे साइला को एथार्थ मा आधारित..जीवनी ! यम थापा बिबस

   
510   पटक पढिएको

पल्ला घरे साइला को एथार्थ मा आधारित..

जिबनी!

जिब्दगी मा उतार चढाब खासै नौला चाहिँ होइनन्,सबैको जिन्दगीमा कुनै न कुनै समस्या त अबस्य नै आउछ नै,
हिजो आज उपल्ला घरे कान्छा बा सहर देखि गाउँ आउनु भा रहेछ...बा ले गाउको पल्लाघरे साइला का बारे सोच्दै ....

ऊ पल्लाघरे साइलो,आज भन्दा करिबन ३८ /3९  बर्ष पहिला पहाडको अन्कन्टार गाउले परिवेश को सानो झुपडीमा साइलो छोराको रूपमा पहिलो पटक एस धर्तिमा बजारिएको तेहि हो पल्लाघरे साइलो,बाल्ल्य अबस्था देखि नै साइलो सारै मन पर्ने बालक थियो मेरो लागि,जिबनका आरोह अबरोह हरु संघ सङ्घर्स गर्दै जिन्दगी का तिता मिठा दिनहरु बिताइ रहेको पल्लाघरे साइलो,साचै नै कति खुसी देखिन्थ्यो,कहिले उसको अनुहार मा निरास ता को भाब देखिएन,सधै मिठो मुस्कान सहित एक अर्को मा सजिलै घुल मिल हुन सक्ने निस्वार्थ भाब बोकेको पल्ला घरे साइलो साचै नै प्रेरणा को एउटा उदाहरण नै थियो।

जीवनका हरेक पल संगै,उकाली,ओराली,भञ्ज्याङ् चौतारी, भिर पाखा पधेरि,हरुमा लडदै पढ्दै हुर्केको साइलो ले झन्नै १७ औं बसन्तहरु त प्रदेस मै ब्यतित गरि सकेको थियो।

जस्तो संघ उस्तै बेबार देखाउने,सानो ठुलो सबै शीत सजिलै घुल मिल हुने अति सरल स्वभाव को पल्लाघरे साइलो,साचै नै अहिले पनि साधारण भन्दा पनि साधारण नै देखिन्थ्यो।उसको बोली वचन मा कति मिठास भरिएको थियो,उस्ले दिने हामी प्रतिको आदर सँस्कार साचै नै प्रसम्सनिय थियो,उस्तै जोस जागर उस्तै उमंग चक चके स्वभाव को त्यो साइलो अहिले पनि १६/१७ बर्से ठीटो र उस्तै नै स्वभाव को देखिन्थ्यो,तर उस्को एथार्थ उमेर ले भने दुई बिसे मा पाइला टेकि सकेको थियो,एस्तै प्रसङ्ग हुदा हुँदै मेरो साहिला संघ भेट् हुन्छ अनि उ संगै को त्यो पल मेरो लागि पनि अबिस्मणीय नै रहयो ।

उपल्ला घरे कान्छा बा अनि पल्लाघरे साइलो!

बा=ए!

साइला तिमी त जस्ताको तस्तै देख्छु त?
साइलो:प्रणाम गरे है बा!खै बा के जस्ता को तस्तै हुनु नि दुई बिसे मा लागे बा म पनि!
बा=होईन साइला तिमी मा मैले तेति खासै परिबर्तन चाहिँ देखिन है! साइला!
साइलो:उम बा!म सङ्है का साथी हरु काहा काहा पुगे कति प्रगति गरे तर बा म त जस्ता को तस्तै छु, हास्दै जवाफ दियो।
बा=साइलो पनि मैले त प्रगतिको कुरा गर्न खोज्या होइन,तिम्रो सारिरिक तन्दुरुस्त को बारे कुरा गरेको.....
साइलो=उम बा!सबैले तेसै भन्छन हेर्ने नजर नै तेस्तै भएर हो कि खै बा.....
बा=साच्चै नै साहिला तिमिमा केही परिबर्तन देखिन कति रमाइलो मान्छे सानो मा जस्तो देख्थे,जस्तो थियो सबै उस्तै देख्छु,उहीँ बानी,जस्ता संघ पनि मिल्ने,कति सरल बानी तिम्रो साइला सारै खुशी लाग्यो!
साइलो=उम बा ! म कहिले ब्यबारिके हुन सकेन साहिली ले पनि बेबारिके हुनु बुढा अब त बुढा हुनु भो,सधै छत्तौरे केटा हरुको संगत गरेर हिंड्नु हुन्छ,अब लखर लखर न हिंड्नु तेसै भन्छ बा।।
बा=साहिली ले ठिकै भन्या हुन,साइला अब त आफ्नो लागि न भए पनि आफ्नो घर परिबारको बारे पनि सोच्न पर्छ,प्रगति गर्नु पर्छ बदलिनु पर्छ साइला।

साइलो:उम बा!कोसिस गरि रा छु एस्तै रहे छ बिदेश तिर पनि सानै देखि लाग्या हो क्यारे आफ्नै देशमा पनि केही गरौं कि भनेर लाग्या पनि हो तर खासै उन्नति गर्न सकिएन कर बा!
बा=किन नि?? साइला,सबैले एहि कति प्रगति गरि रा छन??
साइलो:हजुर ले पहिलै सोधी सक्क्नु भा मैले पनि भनी सके त बा!
बा=होईन के म अलि बुझेन साइला?

साइलो:हजुर ले पहिलै भनी सक्क्नु भयो साइला तिमी मा केही परिबर्तन देखेन भनेर..अब एस्को बारे बिस्तार मा भनौ र बा कि एहि छोडौ....
बा=उम!साइला!मैले सबै बुझीसके,तिमी साच्चै नै कति महान छौ साइला जिन्दगी जिउनु त साचै तिम्रो जस्तो साइला!!
साइलो:हास्दै!!अब त बुढो भए बा म पनि अजै पनि एक पटक बिदेश गएर पैसा कमाउ कि भन्नी सोच गरि रा छु ।
बा=उम साइला चालीस काटेसी त जान पाइदैन रे बिदेश भन्नी सुनेको थिए!

साइलो:सहि हो बा!म अजै चालिस पुग्न 4/6 महिना बाकी छ उमेर ले एसो साथ दियो भनी जानी सोच मा छु बा!!
बा=साहिला धेरै खुसी लाग्यो,तिमी शीत भेट्न पाउँदा,गाउँ ठाउ गाउँका मान्छे सबै परिबर्तन भएछन तर साइला तिमी त जस्ता को तस्तै कति धेरै खुसी लाग्यो!

साइलो:हस बा मलाई पनि धेरै खुसी लाग्यो,सहर तिर गएपछि गाउको माया मार्नु भा थियो,झन्न अहिले यो कोरोना ले हामी सबैलाई गाउमा भेट्न् जुराइ दियो,बा!"कोरोनालाइ थोरै भए पनि धन्यवाद दिउँ है त बा"??
बा:-बा!जोस्सिलो पारामा!आबाजमा केही उचाइ बढाउदै!!
तेहि कोरोना भाइरस आउदै छ रे चाइना देखि,तेसैले गर्दा सहर छाडेर हाम्लाइ गाउमा घुर्सिन आउन प्रया छ,बा को बोलिमा धन्यवाद होइन,आक्रोस थियो....

साइलो:-मन्द भित्री मुस्कान सहित,आफैमा आफैले प्रस्न गर्दै..जानी जानी बा को भित्री मन्साय बुझ्न लाई सोधिएको प्रश्न...जुन उत्तर को अपेक्षा थियोे ठ्याक्कै साइला ले सोचे जस्तै जवाफ आयो,साइला ले ए!बा मैले त हामी गाउँले र गाउँको मायाले आउनु भा होला भनी सोच्या थिए बा तर कोरोना देखि बाच्न को लागि पो आउनु भा रहेछ है बा!
बा:तिमी शीत बार्तालाप गरेर न सकिने रहेछ,यसरी गाउमै बसेर पनि सबै बुज्ने अन्तरआत्मी भए छौ साइला,तिमीमा साच्चै अपार ज्ञान् रहे छ,तिमी शीत सकिएन...

जादा जाँदै...तर हेर साइला प्रगति चाहिँ गर्नु पर्छ हे बाबू!!
यहि प्रगति भन्ने सब्द ले साइला को निद्रा नै हराउदै छ..
अब साइलो झन ठुलो सोचाइमा पर्न लाग्यो......

साचै नै म उपाल्लर कान्छा बाले भने जस्तै रहे छु होईन अब त मैले पनि प्रगति गर्नु पर्छ जिम्मेवार अभिबाबक हुनु पर्छ, पैसा कमाउनु पर्छ सधै कति केटा केटी कै पारामा म बाची रा रहे छु,एस्तै एस्तै खुल्दुली हरु मन मा खेल्न थाल्छन!अनि एक पटक चाहिँ बिदेश जानै पर्छ भन्नी निचोड मा पुग्छ पल्ला घरे साइलो ...

अन्त्यमा साहिला को बिदेश जानी सकारात्मक सोच छिटै नै यथार्थ मा परिणत हुन्छ , उस्ले आफू लाई योग्य कामको खोजी गरेर कुनै एक मेनपावर को माध्यम बाट विभिन्न आसाका त्यान्द्रा हरु फेरि उहीँ पुरानो सुटकेसमै पोको पारेर सुटकेस लतार दै बिमान स्थलमा आफ्ना सेल्फी फोटो सुट!गर्दै फेसबुकका भित्तामा अप्लोड गर्दै आफ्नो प्यारो जन्म भुमीबाट बिदा हुन्छ ।

उस्को कान मा सधै एउतै गित गुन्जी रहेको सुनिन्थ्यो
"सुन साइली सुन साइली प्रदेश बाट म आउला चालिस काटेसि रमाउला"...
यो गित उस्को लागि अब गितमा मात्रै सिमित थियो,उस्को उमेर संघ एस गित को कुनै औचित्य थिएन र पनि निरासता मा एहि गित सुन्ने गर्थ्यो र सोच्थ्यो,सबैले प्रदेश बाट म फर्किउला चालीस काटेसी रमाउला भन्छन म चालीस लागेसी प्रदेसी एको अब कुन गित सुन्नी होला साइलो घर फर्किदा,एस्तै सोची रहन्छ,सायद साइलो घर फर्किने बेला सम्म अर्को गित आउला कि चालिस होइन पैतालिस काटेसि रमाउला भन्ने ...
आएन भने पनि साइला लै आफू जस्तै चालीस लागेसी बिदेशीएका आफू जस्तै पीडितहरुका लागि मर्म स्पर्सि गित अबस्य बनाउने छ !प्रतीक्षा गरौ ल!
"सुन साइली सुन साइली दुई बिसे लागेसी बिदेशीए...
फर्किउला कि न फर्किउला,बाचे फर्कि आए भनि...
पैंतालीस काटेसी रमाउला......साइली पैंतालीस काटेसि रमाउला...."
क्रमशः थप्दै जाउ है।
उहीँ
चालिस लागेसी बिदेशीएको
पल्लाघरे साइलो!!

 

यम थापा बिबस
सन्धिखर्क नगरपालिका -१० बेल्टारी
हाल -दुबई

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया