Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगंगा नगरपालिकाको नियम विपरीत नगरकै कर्मचारी

   
1615   पटक पढिएको

कपिलवस्तु,अर्जुन बेल्बासे

बैशाख ५ । शितगंगा नगरपालिकाले राहत बितरणमा एकद्धार निति लागु गरेको छ ।आफुखुशी राहत बितरण गर्न चाहेमा नगरपालिकाको राहत कोषमा जम्मा गर्नु पर्ने भए पनि नगरपालिका मेयर सुर्य प्रसाद अधिकारीका स्वकिय सचिवले भने आफु खुशी राहत बितरण गरेका छन ।

सितगंगा वडा नम्बर १ मा बिपन्न परिवार लाइ राहतको लागि नामावली संकलन भइरहेका बेला खिम बहादुर अधिकारीले आफु खुशी राहत बितरण गरे पनि नगरपालिकाले कुनै प्रतिकृया दिएको छैन । नगर प्रमुखलाइ सोध्दा उनले त्यसको बारेमा थाहा नभएको बताएका थिए । पछि स्वयम अधिकारीले भने खिम बहादुरले अभियान चलाए राहत वितरण नगरेको बताए ।बरु वडा न८ र १२ मा केहि सामुदायिक बनले बाढेको कुरा आएको बताए ।

नगरपालीकाले एकद्धार नीति बाट राहत वितरण योजना बनाएको छ इच्छुकले नगरपालीकाको राहत कोषमा जम्मा गरी एकद्धार नीति अनुसार राहत वितरण गर्न आग्रह गरे ।त्यस्तै रराहत रोकिएको वडा न १ र ७मा पनि कार्यपालिकाको बैठक बसि सोमवार बाट यि वडाहरुमा पनि राहत वितरण सुरु हने बताए ।

उता नगर प्रमुखका स्व्किय सचिव खिम बहादुर अधिकारीले आफु वडा वासी भएको नाताले अति नै त्यो घरको आर्थिक अवस्था नाजुक भएकाले गाउँका केहि युवाहरु मिलेर केहि पैसा संकलन गरी केहि राहत वितरण गरेको र त्यो अबस्था देखि एक युवतिले ६ हजार समेत सोहि घरलाइ राहत दिन भने पछि राहत उपलब्ध गराएको बताए । त्यस्तै प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले सघंको मापदण्ड अनुसार सहि विवरण नआएकाले यि दुइ वडामा राहत वितरण रोकिएकाले सोमवार कार्यपालीका वसी वितरण गर्ने बताए ।

एकद्धार निति विपरीत कसैले पनि राहत वितरण नपाउने बताए । नगरपालिकाले राहत कोष स्थापना गरि राहत दिन इच्छुकलाइ कोषमा जम्मा गर्नु पर्ने तथा भिडियो फोटो खिच्न समेत रोक लगाएका भए पनि आफु खुशी राहत बितरण गर्दै भिडियो अपलोड गरेका थिए । उनले स्थानियलाइ राहत बितरण गरे पछि स्थानिय स्तरमा बिरोध भएकोछ आफ्नो क्षेत्रमा दिने हरुलाइ समेत रोकेर राखे पनि मेयर अधिकारी आफ्ना स्वकिय सचिवलाइ मनलाग्दो राहत,बितरण गर्दा कुनै जवाफ दिएका छैनन ।

स्थानिय ब्यापारीहरुले राहत बितरण गर्न इच्छा देखाउदा समेत नगरपालिकाले आफुखुशी दिन नपाउने बताए पछि शितगंगा नगरपालिका ४ का व्यापारी हरि गैरेले राहत बितरण नगरेको बताए । शितगंगा नगरपालिकाका १२ वडामा राहत बितरण भइसकेको छ । वडा १ र७ मा बाँकी रहेको र नामावली आउन ढिलो भएकोले अब कार्यपालिकाको निर्णय पछि राहत बितरण हुने राहत बितरण तथा अनुगमन समिती संयोजक टिका रेस्मिले जानकारी दिनु भयो ।उता नगर प्रमुखले यता शितगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बुद्धिकृष्ण पौडेलले राहत बितरणका लागि नामावली तयार रहेको र वडा ७ को बिवरण आए पछि र कार्यपालिकाको बैठक बितरण गर्ने निर्णय भए पनि वडा अध्यक्षको बदनाम हुने गरि समाचार बनाएको आरोप लगाउनु भयो ।

राहत राहत बितरण २ वडामा बाँकी भए पनि समाचार राजनिति पुर्वाग्रहका साथ वडा नम्बर १ को बदनाम हुने गरि गरिएको वडा अध्यक्ष पौडेलको आरोप छ । राहत बितरणको लागि नाम ढिलो आएकोले कार्यपालिका बैठक पछि बितरण गर्ने निर्णय भए पनि नगरपालिकाकै बदनाम हुने गरि उत्त झुठो समाचार समेत उपलब्ध गराउने ब्यति भने उनै खिम बहादुर अधिकारी रहेका छन ।

पछिल्लो समय खिम बहादुर अधिकारीले नगर प्रमुख लाइ समेत बिबादमा ल्याउने का गरेका छन । बिभिन्न कार्यक्रमहरु उद्घघाटन नहुँदै भयो भन्दै फोटो हालेर समेत बिरोध समाजिक सञ्जालमा भएका छन पछिल्लो समय डोहोटेको हेल्फ डेक्स स्थापना नहुँदै बत्ती बालेर उद्घघाटन गरेको फोटो हालेर मेयरको सामाजिक सञ्जालमा बिरोध भएको थियो । यस्तै अधिकारीले नगरपालिकाको माटरसाइकल समेत दुर्पयोग गर्ने गरेको गुनासो आएको छ । लकडाउनको समयमा समेत जथाभाबी सरकारी मोटरसाइकल चलाउने सेतो पिटेलको धाक लगाउने गरेका छन ।

साथै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले नियम बिपरित उनले सरकारी साधन प्रयोग गरेको बताउनु हुन्छ । कोरोनाको संक्रमण फैलिन नदिन गरेकोे लकडाउनको समयमा दैनिक ज्यालादारी गरि खानेहरु तथा अति विपन्नहरुलाई शितगंगा नगरपालिकामा राहत बितरण सुरु भएको हप्तौँ दिन विति सक्यो शितंगंगा नगर भित्ररहेका १२ वटा वडाका मध्ये १० वटा वडा मा पहिलो चरणको राहत वितरण भए पनि नगर भित्रका २वटा वडा भित्रका जनताले राहत पाउन सकेका छैनन ।

सशतगगां नगरपालीका वडा न १ र७मा राहत वितरण्को चर्चा मात्रै छ तर त्यहाँ अझै सम्म राहत वितरण सुरु भएको छैन शितगंगा नगरपालिका वडा नं.१ का सुवर्णखालका जनताले अहिलेसम्म राहत पाउँन सकेका छैनन । बिश्व भरी महामारीको रुप लिई फैलिएको कोरोना भाइरसले गरिब निमुखाहरु सास्ती परेको बेला यश शितगंगा नगरपालिकाले राहत बाड्दा वडा नं. १ मा राहतको नाममा आश भएको यहाका जनताको गुनासो रहेको बताएका छन । दैनिक ज्यालादारी गरि खानेहरु सरकारले लकडाउन गरे पछि बेसाहरा बनेका छन् ।

सरकारले उपलब्ध गराउने राहतमा जनप्रतिनिधिको किन काम गर्न आट आउदैन। सबै वडाका वडा अध्यक्षहरु सम्बन्धित नगरपालिका आइ दुःख बेसाहारा बनी रहेका जनतालाई घर घर राहत उपलब्ध गराउदा यश वडाका वडा अध्यक्षको ध्यान कहाँ गएको छ । सर्बदलिय बैठकबाट पास गरेको राहतको लागि नाम सहित आउन नगरपालिकाले बारम्बार फोन गरि बोलाउदा समेत फोन अफ गरेर घरमै बसेको यहाँका गरिब जनताले राहत आएर साझ बिहान भात खाने सपना जस्तो भएको बताएका छन् ।

२ हप्ता भन्दा पहिला सर्वदलीय बैठक बसि पठाएको फर्म आज सम्म राहत आउन सकेका छैनन । जनताले सरकारले जताततै बाडेको सामाजिक संजाल टिभिमा हेर्दाहेर्दै हामिले पनि पाउने आश हराएको बताएका छन। सितगंगाको ७ वडामा पनि राहत वितरण गरिएको छैन ।

नीति बनाएता पनि नगरपालीका ब्यपारीले राहत वितरण गर्न खोज्दा एकद्धार नितिमा वितरण गर्ने भनि रोकियो तर नगर प्रमुखकै स्वकिय सचिवले राहत वितरण गर्दा कसैलाइ काखा कसैलाइ पाखा गर्दे नियम मिचेको पाइयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया