Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गुल्मीमा आगलागी हुँदा १ जनाको मृत्यु, ३ घाइते

   
673   पटक पढिएको

सरु आचार्य , बैशाख ८ । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको किराना पसलमा सोमबार दिउँसो आगलागी भएको छ ।

आगलागीमा परेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्‍चालक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर एकै परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले बताए ।

आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ । घरबाटै डिजल, पेट्रोलसमेत विक्री गर्दै आएकाले तत्काल आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।घटनाको पुरा विवरण आउन अझै बाँकी रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया