Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुहिएको चामल बाँडेको आरोपमा कलैयाका मेयर पक्राउ

   
297   पटक पढिएको

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको अभियोगमा बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो । मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले अनलाइनखबरलाई जानकारी दिए ।

मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ । एसपी पंगेनीका अनुसार, उनीमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो ।

मेयरमाथि लागेको अभियोगबारे सोधपुछ गर्न नियन्त्रणमा लिएका छौं । अभियोगबारे अनुसन्धान सकेर यसबारे थप निर्णय लिन्छौं,’ मेयर रायले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया