Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

   
292   पटक पढिएको

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ७१५ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार २२९ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४२८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख १७ हजार १८७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ८२ हजार ८६० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ८९ हजार ९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया