Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गरिब जनताका रगत पसिना चुसेर शिखरमा पुगेका संम्माननिय तथा मानियले अलपत्र नागरिकको तमासा हेरे

   
430   पटक पढिएको

बिष्णु बि.जि,१० बैशाख गुल्मी । बिश्व यतिबेला कोरोना भाइरस माहामारी रोग बाट ग्रस्त छ लाखौ जना यो माहामारी को संक्रामित भएका छन र लाखौले ज्यान गुमाएका छन ।

कोरोनाको असर नेपाललाई पनि परेको छ नेपालमा अहिले सम्म संक्रामितको संख्या ४२ पुगेको छ ,सरकारले यो कोरोना भाइरस महामारी रोगलाइ उन्मुख गर्नको लागि सक्दो पहलपनि गरेको छ ,बिपन्न बर्गलाइ राहत दिएको ,र अलपत्र नागरिकहरू लाई गन्तब्य स्थानमा पुर्याएको भन्ने विभिन्न टेलिभिजन र अनलाइन मिडियाबाट सार्बजनिक गरिएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलि ज्युले जनता अहिले भोकले मर्ने अबस्था छैन सरकारले मर्न दिदैन राहत बाडिएको छ कतिपय पाउनेले पाएका छन कतिपय नपाउनेले पाएका छन तरपनी राहत बाडिएको छ लगभग ७६/८० करोडको राहत हामिले बाडिसकेका छौ यो राहत नबाडेर के मञ्चन गरेको होर योत यथार्थमा गरिएको हो ,नेपालमा आपूर्ति ब्याबस्थापनी ठिक छ हामी काम दिनपनि तयार छौ ,अहिलेपनी एउटा समुहमा बसेर रोजगारी कमाउने अबशर दिन्छौ ।

भनेर यति ठूलो ठूलो स्वरमा नेपाल् टेलिभिजनबाट चिच्याएर भन्ने प्रधानमन्त्री ज्युलाइ मेरो प्रस्न :-नेपालमा जम्मा जनसंख्या ३ करोड छ ८० करोडको राहत अहिले सम्म बाडी सकियो ,त्यो ८० करोडको राहतमा के के बाडियो र एकजनाले कतिपाउँछ ? प्रधानमन्त्री ज्यु राहत खाद्यान्न बाडियो वा ८० करोडलाइ बिभाजन गरेर ३ करोड जनतालाई नगद दिइयो ? प्रधानमन्त्री ज्युले बेरोजगार युवाहरुलाइ रोजगारीको ब्याबस्था पहिलानै गरिदिएको भए के युवाहरु बिदेशका गल्लिहरुमा भौतारिने थिए र ?

प्रधानमन्त्री ज्यु कुहिएको दाल र चामलपनी बाडिएको छ ,त्यो पनि ८० करोड भित्रको नै होला ,बिपन्न बर्गलाइ बाड्न भनी ल्याइएको चामल जनप्रतिनिधिले चोरी गरेर आफ्नो घरमा लगेर थुपारेका छ्न त्यो पनि ८० करोड भित्रको होला। पाउनेले पनि पाएको छ नपाउनेले पनि पाएको छ भन्नुभएको छ ,राहत बाड्ने ठाउमा संबंधित ब्यत्ती वा जनप्रतिनिधि को ध्यान आकर्षण किन पुगेन ।

,राहत कसैले पाएको छैन भन्न मैले खोजेको होइन राहत धेरैले पाएका छन.....,तर ८० करोडको । जनता अहिले भोकले मर्ने अबस्था छैन भनेर भन्नुभएको छ प्रधानमन्त्री ज्यु कुनै कुनै ठाउमा अहिलेपनी जनताहरु भोक भोकै बसेको अबस्था छ ,सिंह दरबार ,बालुवाटार र सितल निवासमा बसेर देखिदैन प्रधानमन्त्री ज्यु जनताको घरदैलोमा गएर हेर्नुस ,जनताको घरमा आगो बलेको छ्की छैन । प्रसासन प्रहरी सिडियोलाइ थाहा छैन पहिले पत्रकार त्यहा पुगेको हुन्छ भन्नुभएको छ , नेपाली जनताहरुलाइ सोध्नुस सरकारले भन्दा धेरै सामाजिक अभियान्तले गरेका छन । उदाहरण धुर्मुस सुन्तली फाउन्डेसन ,रबि लामिछाने ,इन्द्रेणी लगाएय थुप्रै ।

सामाजिक अभियान्त प्रत्येक दुखी गरिब र पिडितको दैलोमा पुगेको छ । यतिबेला लाखौं नेपालिहरु बिदेशी भुमिमा सरकारसङ्ग गुहार मागिरहेका छन ,बिचसडकमा अलपत्र परेका छन खैत परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ज्युले उद्घार गरेको ,चिनमा पढ्न बसेका धण्यढ्यका छोरा छोरिहरुलाइ विमान च्याटर गरेर ल्याउन सक्ने सरकार आज किन मौन छ । भारतमा रोजगारिका लागि गएका लाखौ युवाहरु नेपालको सिमानामा महिनौ देखि अलपत्र छन खैत सरकारले उद्घार गरेको ।

सिमानामा भएको नागरिकको आमा मर्दापनी घरमा जान नदिएर भारतीय भुमिमा काजकिरिया गराउने यहि हो सरकारको दायित्व । भारतबाट नेपाली नागरिक नेपाल प्रबेश गर्यो भने कोरोना महामारिले नेपाल बर्बाद हुन्छ भन्ने बिचार धारणा राख्ने प्रदिप ज्ञवाली ज्युले २० हजार सुरक्षाकर्मी सिमामा परिचालन गर्नुभएको थियो र पनि नेपाल कोराना संक्रामित देशबाट अछुत हुन सकेन ।

मेरो प्रस्नको उत्तर दिनुहोस परराष्ट्रमन्त्री ज्यु मुसलमानहरु कहाबाट आए ,आकासबाट त झरेन्न होल धर्तिबाट उत्पत्ति पनि अबस्य भएनन होला २० हजार सुरक्षाकर्मी रहेको सिमानापार गरेर नेपाल कसरी भित्रिए र कोरोना फौलाए ? खैत मुल्लाहरुलाइ नेपाल् सरकारले कार्बाहिको जाहेरामा ल्याएको ।

तपाइँ जहाहुनुहुन्छ त्यही बस्नुस यस्को अर्थ के हो ? हामिले नेपाली नागरिक जहाँ जहाँ छन त्यहाका रास्ट्रपति प्रधानमन्त्री तथा नेपाल् एमबिसी सङ्ग कुरा गरेर सहकार्य गरेका छौ भनेर भन्ने परराष्ट्रमन्त्री ज्यु यहाँ नेपालीको अबस्था कस्तो छ तपाइलाइ थाह छ तपाइले अर्थिउपदेश दिएका मन्त्री वा एमबिसिले के गर्यो , बस्ने बासको बयाबस्था मिलाइदियो वा खाने गासको । परराष्ट्रमन्त्री ज्यु मेरो भाइको मर्डर गरेर फालिएको लावारिस शब बुझ्न पनि मैले सकिन ,नियमको उल्लंघन हुन्छ भनेर ।संबंधित निकायमा मा म घरसम्म पुग्न सक्ने इ-पासको ब्याबस्था मिलाउन समेत अनुरोध गरे खैत सरकारले जनताको दु:ख पीडा मा साथदिएको ।

नेपाली नागरिकलाई चुनाबको भोटको पात्रामा प्रयोग गर्ने........ नेपाली जनताको रगत पसिना चुसेर शिखरमा पुगेका सम्मानिय,तथा माननीय ज्यु तलबाट माथी जान समय लाग्छ तर टुप्पोबाट तल झर्न समय लाग्दैन , फेरिपनी आउँछ कुकुरले जस्तो पुच्छर हल्लाउँदै हिड्ने दिन जतिबेला आउँछ त्यतिबेला जनताहरुको मुखबाट तिमिहरुले प्रबचन सुन्नेदिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया