Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति

   
256   पटक पढिएको

काठमाडौँ । सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

थप अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत, काठमाडौंबाट अनुमति पाएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उपाध्यायविरुद्ध ३ ठाउँबाट उजुरी आएपछि अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालको दावी छ ।

प्रधानमन्त्री, मन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा उपाध्यायलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले बुधबार साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरेको थियो । यता, नेपाली काँग्रेसले पूर्वसचिव उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको भन्दै विरोध समेत गरेको छ ।

सो पार्टीले बनाएको छाया सरकारका सूचना तथा सञ्चार मन्त्रालय संयोजक बहादुर सिंह लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले दिएको स्वतन्त्रताको हकलाई वर्तमान सरकारले कुण्ठित गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।रातो पाटि बाट 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया