Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भगवानरुपि आमालाई मैले कसरी फेसबुकको भित्तामा सजाउन सक्छु र?

   
334   पटक पढिएको

मधुसुधन पाण्डे,अर्घाखाँची।  आज बैशाख शुक्लपक्षको सी अथवा मातातिर्थ औंसी आफुलाई जन्म दिने आमालाई विभिन्न स्वादिष्ट परिकार तथा राम्रो पोसाक उपहार प्रदान गरेर मनाईन्छ।पछिल्लो समय मातातिर्थ औँसी अथवा आमाको मुख हेर्ने दिनले फरक स्वरुप लिएको छ।बर्तमान समयमा सामाजिक सञ्जालको वढ्दो प्रयोगले गर्दा बर्तमान समयमा अरु समयमा माया,ममता र स्नेह नदिने तर दिवसको दिनमात्रै सामाजिक सञ्जालमा पोस्टाउने चलन बढिरहेको छ।

आमा त त्यो जून हुन
जो औँसी मा पनि
झलमल्ल बलिरहन्छिन् !
आमाको मुख हेर्नू भन्दा नि
आमालाइ मुख देखाउन लायक हुनु छ।

 आमाको बारेमा लेख्नको लागी नेपाली शब्दकोश मा त्यती उच्च शब्द छैन कुनै शब्दमा पनि आमाको माया बर्णन गरेर सकिदैन हजुरको काख अनि साथ भन्दा प्यारो केहि पनि हुन सक्दैन आमा शब्द आफैमा मुल्यवान छ । संसारको भाग्यमानी छोरोमध्ये म पनि एक हु जो संग यति धेरै माया गर्ने अनि यति मिठो साथ दिने मेरो आमा हुनुहुन्छ । आमा तपाईंले मलाई त्यो दिन देखि माया गर्न थाल्नुभएको थियो,जुन दिन हजुरलाइ नै थाहा थिएन म कस्तो छु छोरा हो कि छोरी हो भनेर ।।

यति माया गर्ने मान्छे खासमा संसारमै पाउन सकिदैन हजुर त भगवान्को दोस्रो रुप हो ।सायद भाग्य लेख्ने हात तपाईंको हातमा भएको भए मलाई दुखको कुनै अनुभुति हुने थिएन होला ।मेरो आमा सामान्य लेखपढ बाहेक बाहिरी रुपमा पनि अनपढ हुनुहुन्छ ।मैले खानका लागि थोरै भात माग्छु ,तर मेरो आमाले मलाई धेरै भात पस्किदिनुहुन्छ ।मेरो नजिकैको साथी अनि मेरो पहिलो प्रेम मेरो आमा ,सानो हुदा चोट लाग्यो आमाले फुकेर शान्त पारेर अब ठिक हुन्छ भन्नुहुन्थ्यो हिजो मलाई केही हुदा तपाईंको आखाबाट झरेका आसुको मुल्य मैले कसरी नै तिर्न सकुंला र ।।

यस संसारमा आमाको ठाउँ कसैले लिन सक्दैन ।समय बद्लिन्छ मौसम बद्लिन्छ केही मानिसको सद्भाव बदलिन्छ तर आमाको माया ममता र स्नेह कहिले बद्लिदैन सधैंभरि एकनास रहिरहन्छ ।जब म मा बोलीको विकास भएको थिएन त्यतिबेला म रोएको वा तोतेबोली बुजेर मेरो सबै मनको ईच्छा पूरा गरिदिने मेरो भगवान्लाई सदा सलाम।। आमालाई मैले राखेको छु,पालेको छु होईन, गर्वका साथ भन्नसकु कि म मेरी आमासँग बस्ने सौभाग्य पाएको छु ।

आफ्नो सन्तानको लागि दु:खकष्ट केही नभनी यो संसार देखाउनु भयो हुर्काउनु भयो अनि सधैभरि राम्रो बाटोमा हिडेस् भनेर सम्झाउनु भयो आफ्नो दु:ख कष्ट सहेर खुसी पार्ने आमा जति ब्याख्या गरे पनि आमाको महत्त्व कमि नै हुन्छ ! सधैं मुहारमा खुसी देख्न पाउ आज हजुरको मुख हेर्ने दिन यस्तो दिन आजमात्रै होइन सधैं सधैं हजुरको मुख हेरिरहन पाउ सधैंभरि हजुरको माया ममता स्नेह र सद्भाव पाउ मातातिर्थ औंसीको शुभकामना।।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया