Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुनौला दिनको आशामा : तारामणी न्यौपाने

   
534   पटक पढिएको

कोरोना जब तैंले यो जगतमा, आफ्नो गरिस् ताण्डव
भित्रै छन् जगका मनुवा जसरी, गुप्तै बसे पाण्डव
सन्सारै भय र सन्त्रासै जगमा, छाइस तलाई के भनुँ
तँ जस्ता दुष्ट र विनासकारी रोग त, हुदैन केही छुनु

यही बेला तिमिमा किन न किन हो, आयो नि पागलपन
शुसासन त दिदैं दिदैनौं भनेनी, छोडन धम्काउन
आज मात्रै नसोच ए मूर्ख मनुवा, भोली पनि आउला
संकटैबाट पार लगाए पछि त , तिम्रो नै गुण गाउँला

भ्रष्टै छौ छर्लङ्ग पार्दछौ त किन हो, पापी सरी दानव
प्रष्टै छौ अरुको विचल्लिमा खुसी हुने, जुटनै गरौ आहवान
समय वलवान हुन्छ मनुवा, तिम्रो होला त्यै गति
दुई दिन टिक्न नसक्ने के गरेउ हेर हेर, भ्रष्टै भएछ मति

फेरिन्छ रंग रातको र हुन्छ उदय, लाली छरी जगमा
सुनौला दिनमा रमाउलान दुनियाँ, खुसी हुदै नवमा
तिम्रा कुचाल र छद्‌म रुपहरुको उदाङ्गिनेछ एक दिन
सचेत जनले फिराउने छन् हेर पल, ल्याउने छन सुदिन

तारामणी न्यौपाने (शर्मा)
अखिल नेपाल बुद्धिजिवी संघ,केन्द्रिय सदस्य
ठेगााना : बेलौरी-४, कञ्चनपुर
सहायक प्रधानाध्यापक : श्री सरस्वती मावि छाेटिपर्सिया, कञ्चनपुर
सहायक प्राध्यापक : श्री महाकाली बहुमुखी क्याम्पस, बेलौरी, कञ्चनपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया