Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राेल्पामा बेवारिसे बम पड्किँदा चार बालबालिकाकाे मृ'त्यु

   
288   पटक पढिएको

रोल्पा। रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ।

बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलीले जानकारी दिए।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका९ ७ का १४ वर्षीय लोकिराम डांगी, ११ वर्षीया बिमला डांगी,५ वर्षीय विजय खत्री र सोही गाउँपालिका ९ ४ का १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी बताए। सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा गाेठालाे गएर फर्कने क्रममा भेट्टाएको र खेलाउँदा विस्फोट भएको हुन सक्ने आशंका प्रहरीले गरेकाे छ।

                                                                                                             घटनास्थलमा भेटिएको विस्फोटक पदार्थ

घटनास्थलमा रहेको अर्को बम अबेर साँझ नेपाली सेनाले डिस्पाेज गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया