Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

काम खोसेको आरोप लागेपछि एनआरएनए इजरायलकी अध्यक्ष शान्ता ज्ञवालीद्वारा पदबाट राजिनामा (पत्र सहित )

   
357   पटक पढिएको

तेलअविव। एनआरएए-एनसिसी इजरायलकी अध्यक्ष शान्ता अधिकारी ज्ञवालीले पदबाट राजिनामा दिएकी छिन् । ज्ञवालीलाई एउटी नेपाली भाषी भारतिय पासपोर्टवाहक ज्योति कार्कीले आफूले गर्दै आइरहेको काम खोसेको भनेर फेसबुकमा लाइभमा आएकी थिइन् ।

 अध्यक्ष ज्ञवालीले सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्र हत्या हुने गरि आफूमाथि गम्भिर आरोपहरु लगाइदै आइरहेको र सिंगो संस्थाकै गरिमामाथि समेत आँच आउने गरी गतिविधीहरु भएको भन्दै पदवाट राजिनामा दिएकी हुन् ।

एनआरएनए-आइसिसी इजरायललाई सम्वोधन गर्दै लेखिएको उक्त राजिनामा पत्रमा भनिएको छ – “एउटा गरिमामय संस्थाको अध्यक्ष माथि वास्तविकता वुझेर होस या नवुझीकनै, या वुझपचाएर होस् या व्यक्तिगत रिसइवी साँचेर होस यसरी भइरहेको एकोहोरो प्रहार सहन सक्ने क्षमता मसँग नभएको होइन” भन्दै अगाडि भनिएको छ –

“नितान्त मेरो व्यक्तिगत विषयलाई समेत गरिमामय संस्थासँग जोडेर जुन किसिमले बद्नाम गर्ने कोसिस गरियो यसले ममाथि मात्र नभई सिंगो संस्थाको औचित्य र नैतिकतामाथि समेत गम्भिर प्रश्नहरु खडा भएका छन् । त्यसैले म संस्थाको गरिमालाई सदैव उच्च सम्मान गर्दै त्यसको रक्षार्थ यस गरिमामय संस्थाको गरिमामय पदबाट राजिनामा दिएको घोषणा गर्दछु ।“

करिव डेढ महिना अघि अध्यक्ष ज्ञवालीको गर्दै आइरहेको रोजगारी समाप्त भएपछि उनी इलिगल अवस्थामा रहने अवस्था पुगेकी थिइन । करिव साढे बर्ष ४ अघिदेखि एउटै रोजगारदाताबाट काम गर्दै आइरहेकी ज्ञवालीको करिव ४ महिना देखि मात्र काम गर्दै आइरहेकी पिडित भनिएकी नेपाली भाषी चेली ज्योती क्षेत्रीले गर्दै आइरहेको काममा सहज रुपमा भिषा लाग्ने अवस्था रहेको र रोजगारदाताले पनि पुरानो कामदारलाई नै प्रायोरिटी दिई भिषा लगाइदिने भएपछि क्षेत्री बेरोजगार बन्न पुगेकी थिइन ।

बिहिवार राती क्षेत्रीले गरिरहेको कामबाट वाहिरिदै अध्यक्ष ज्ञवालीले आफ्नो काम खाइदिएको भन्दै फेसवुकमा लाईभ दिदै नेपालीहरुमाझ गुनासो गरेपछि ज्ञवालीले राजिनामा घोषणा गरेकी हुन् ।श्रोत - तामाङ् अनलाइन

राजिनामाको पूर्ण अंश :-

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया