Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

"अतित" : यम थापा बिबस

   
360   पटक पढिएको

"अतित"

साइलो ले जे लेख्न कोशिस गर्छ र लेख्छ केबल आफ्नै जिन्दगीका उतार चढाव साथै यथार्थ जिन्दगि र परिकल्पनाको परिवेश भित्रै देखी लेख्छ।

"अरु कसैको जिन्दगी संघ मेल खान गएमा केबल संयोग मात्र हुनेछ"

 

खै!कताबाट सुरु गरु मेरो जिन्दगीका अतितका परिकल्पना हरु,आफ्नै जिबनको रमणीय सुन्दर बगैचामा रमाइ रहेर पनि किन किन तिमी संघ बिताएको त्यो छोटो पल मेरो जिन्दगीको अबिस्मणीय पल बनेर मेरो यश मानस पटल मा कहिलै बिर्सन नसकेनी गरि घरी घरी झस्किएर मडारी रहन्छ।

झन अहिले को यश विषम परिस्थिति र बन्द जिन्दगी ब्यतित गर्न बाध्य परिवेशमा केबल तिम्रै बिगत र तिम्रै बर्तमानको अनुगमन मस्त निद्रामा पनि ब्युझिएको आवास गर्छु। तिमिले दिएको नाम म "बिबस" र मैले दिएको नाम तिमी "बिपना" प्रिय् बिपना खै कसरी सम्बोधन गरु न त म संघ कुनै आधार छ न त अधिकार नै,हामी दुबै आ आफ्नै जिन्दगीमा रमाइ रहेको बेला,र बर्सौ देखि निको भएको अतितको त्यो घाउलाइ मैले फेरि बल्झाएर तिम्रो मुटु लाई फेरि दुखाउनु मेरो कुनै उदेश्य होइन,केबल मात्र अतीत लाई कोट्टयाएर म आफैले आफैलाइ बर्सौ देखी आफ्नै मन भित्र गुम्सिएर बसेका ती अपार मायाका भाब बोकेका तर यथार्थ जिन्दगी संघ तिमी देखी धेरै टाढा भाग्न बाध्य ती अमिट,अटल मायाका कोसेली हरु क्षणीक भर मै कसरी निष्क्रिय र स्वार्थ पुर्ण भाबमा बदलिए तेसैको यथार्थ मात्र ओकल्न खोज्दै छु,अन्यथा र अनन्त्र न सोचिदिए ल।प्रिय् बिपना।

हाम्रो सुरुवाती मायाका ती बाधा अड्चना सुख,दुख,समाजको डर त्रास जति नै भयावह देखिए पनि हामी दुबैको लागि सामान्य परिवेश नै थियो,किन कि हामी दुइ बीचको माया कुनै पनि आरोह अवरोह हरु देखि यत्ती पनि बिचल्लित थिएन,हामी दुबैले आफ्नै ससारमा जिन्दगी भर साथ निभाउने बाचा कसम पनि खाएकै थियौ।बिपना तिमिलाइ भन्न र सम्झाउन न सकेका यथार्थ भाबहरु पनि अहिले सम्म अतीत बनेरै मेरो बन्द मस्तिष्क मा गुम्सिएर बसेको पनि १९ औं बसन्त मा लागिसके छन।

हाम्रो माया हाम्रो साथ आहा!कति रमाइलो थियो सुरुवाती ती पलहरु १६/१७ बर्से त्यो उमेर संगै हाम्राे मायाका भर्खर भर्खर फक्रीन लागेको कोपिला हरु साथै,मुख्ले भन्न न सकेका असीमित मायाका आभाष हरु कापिको पाना भरी लेखेर भाब बिल्ल शब्दहरुमा उतारेर एक आपास साटासाट गर्दा कति हर्सित खुशीका उमंग हरुमा रमाउदै रमाउदै आफै मा हराइ रहेको पत्तै थिएन।

यस्तै यस्तै परिभेष संगै यथार्थ जिन्दगीको परिवेशमा परिभाषित हुन आतुर थियौं,छिट्टै नै हामी दुइ एउटै मालामा जोडीने हाम्रा आसा आकाँक्षाहरुको प्रखाइमा दिन हरु बित्दै थिए,चैत्र महिना को प्रखर उजाड मौसम बाट सुरु भएको हाम्रो माया यस्तै तिता मिठा पल हरु पार गर्दै झन्डै तेस्रो बसन्त सम्म मात्र साथ् रह्यो।

हाम्रो माया देखेर हर्सित देखिन्थ्यो त्यो मन मोहक बायुमन्डलिय प्रकृति पनि, रुखका डालि डाली बसेर चिर वीर चिर वीर नाना थरी आबाज निकालि चराचुरुङगी हरुको सुमधुर आबाज सुन्दा पनि हाम्रै माया पृतिको गुण गान गाई रहेका छन कि जस्तै मह्सुस हुन्थ्यो।नि स्वार्थ भाब बोकेको खुल्ला आकास हरियाली छहारि दिने रुखको ओतमा घाम पानी संघ संगै हाम्रा पिरती का मिठा मिठा गफ गर्दा गर्दै तिम्रो काखमा निदाएको पत्तै लाग्दैन्थ्यो,तिम्रो झक झकझकाहट मात्र ब्युझनी म अहिले तिमी बिना नै तिम्रो आबासले तर्सी रहन्छु।कहि कतै धेरै ठुलो भुल को भागिदारी को आवास गर्दछु र भक्कानीएर रुन न सकेका ती आँसु मा बिलिन भएका अतिका याद हरु हृदय को शब्दकोश बाट सकि न सकि मायाको सब्दमा प्रस्तुत गर्न खोज्दै छु तर कता कता डर लागि रहन्छ कतै मैले लेखेको लेख्ले तिम्रो बास्तबिक जिन्दगी र तिम्रो कोमल मन लाई ठेस पुर्याउने त होईन सोच्छु तर यो मनले न लेखी बस्न पनि त मानेन,कहि कतै बाट पनि तिमी सामु प्रस्तुत हुने र आफ्नो मन का सबै यथार्थ तिमी सामु पोखौला भनी कुरेको पनि झन्डै बीस(२०)बर्ष पो भइ सके छ क्यारे..??

प्रिय् बिपना तिम्रो चाहाना को बगैंचा मा रमाउन न सकेको म बिबस र पनि सुख दुख जिन्दगीको एउटा पाटा हो भन्दै जिन्दगीका चालिसौ बसन्त पनि काटी सकिए अबस्थामा बिगत लाई कोटट्याउनु मुर्खता हो!तिम्रो अथाह माया बुझ्न न सकेको त्यो स्वार्थमा लिप्त तेहि मान्छे यसरी तिमी देखि छुटेर जाने छ भन्ने बारे तिमी कल्पना पनि गर्न सक्दैन्थ्यौ।त्यो उमेर सायद नै दोषी हो कि म अहिले सम्म तेहि सोचाइले भित्र भित्र यो मुटु घरी घरी चस्की रहन्छ।

हाम्रो माया मा यति ठुलो परिबर्तन आउला भनेर कदि कदाचित सोच्न पनि न सक्ने बिबस उ अहिले तेहि मायालाइ लत्याउदै आफै बिपना देखी टाढा भाग्ने कोसिस गरिरहे छ। म आफैमा आएको त्यो परिबर्तन कति क्रूर निर्दयी निस्ठुरी थियो,तिम्रो हजारौं प्रयासमा पनि मैले तिम्रो कत्ति न सुनी तिमी बाट भाग्दै थिए,तर तिमी मेरो सामु मायाको भिख मागी रहेकी थियौ,तिम्रो अथाह प्रयास निस्कृय बनाउन मैले रचेको नाटक पनि तिमिलाइ अबगत नै छ तर यथार्थ र बास्त्बिक्ता तिमी सामु पोख्न न पाउदै मेरो जिन्दगीले धेरै ठुलो निर्णय आफ्ना आमा बाबा कै चाहना अनुसार नै म अरु कसै संघ कहिले न देखेको न जानेको अपरिचित नारी संघ मेरो बिबाह हुन पुग्छ।

म जन्ती लिएर जादा सम्म मेरो पर्खाइ र मेरो आस गरि रहेकी तिमी अन्त्य मा समय परिस्थिति संघ ढल्ल्न जान्यु,सबै थाहा हुदा हुँदै पनि म मा आएको परिबर्तन रत्तिभर पनि दया माया देखाएन,म कती निष्ठुरी म! तिम्रा आँसु ले लेखिएको त्यो अन्तिम पत्र म डोली लिएर पराइको आगन जादा को दिन नै मेरो हात मा परेको थियो,कति बिलाप,देखि मर्छु सम्म का सब्द हरुले लेखिएको त्यो अमुल्य तिम्रो पत्र मेरो लागि मात्र खाली कागज को टुक्रा मात्र थियो,मान्छे को जिन्दगी न हो जस्तोसुकै समय संघ पनि पर्तिबाद गर्न सक्क्नी,यस्तै यस्तै जिन्दगी संगै म पनि अर्कै जिन्दगीमा रमाउदै थिए,केही समय लगत्तै तिमि पनि अरु कसैको सिंदुर ले सजिए छौ धेरै खुशी लाग्यो,तिम्रो माया बुझ्न न सकेको म स्वार्थी भन्दा कैयौ गुना धेरै माया गर्ने जिबन साथी पायौं भन्ने सुने खुसी लाग्यो,बर्सौ भयो।

तिमी सामु कुनै जिज्ञासा् व्यक्त गर्न न सकेका चाहना कति थिए, कुनै दिन सबै यथार्थ तिमी सामु बिसाएर तिमी बाट पस्चताप्को भिक माग्ने सोचाइ मै बसिरहे तर समय ले पनि मलाई मैले तिमि लाई धोका दिए जसै गरि न मज्जाले बदला लियो,अहिले सेताम्य फुलेका यी दारी जुँघा कपाल अतीतमा भर्खर भर्खर जुँघा का रेखी बस्दा तिमी संघ मायाको साइनो गासेको याद दिलाइ रहन्छ,पृथ्वी गोलो छ भन्थे हो रहेछ घुम्दै जादा स्वयम आफैले खनेको खाडलमा न राम्रोसँग संघ भासिदै छु ,मेरो लेखन प्रयास ले कहि कतै तिमिलाइ मेरो बारे अबास न होस मात्र यति चाहाना हो मेरा यी अमुल्य पङ्क्तिहरु तिम्रो सामु कसरी पुर्याउन सकु भन्ने प्रयास मात्र हो।

म आफै पारिबारिक जिन्दगीमा रमाइ रहेको मान्छे,उमेर ले डाडै काटीसक्न लागिसक्यो र पनि तिम्रो बारे सम्झन र लेख्न पाउदा पारिबारिक डर र उमेर ले कुनै अँकुस नै लगाउन सक्दो रहेनछ बास हृदयमा अबिस्मणीय माया र मुटुमा उसैको धड्कन धड्किएको आभाष भै दिए भोलि के होला उसलाई के होला समाजले के भन्ला भन्नी डर पनि हराउँदै जादो रहेछ।नत्र म मा यति लेख्न सक्ने हिम्मत नै काहा देखि आउथ्यो र प्रिय् बिपना सबै चाहादा र न चाहादा भुल्न सके पनि तिम्रो नाम "बिपना" र मेरो नाम "बिबस" सायद कहिले न मेटिने गरि मेरो नाम को पछाडि आजिबन जोडिएको छ,जुन मेरो अन्तिम श्वास संगै पनि न मेटेनी छ मेरा हरेक लेखाइहरुमा सदा सर्बदा हामी मरे पनि बिबस नाम जिबितै रहने छ।

प्रिय् बिपना"तिमिलाइ भन्न न सकेको खास कुरा बाकी छ,तिम्रो मुख देख्छु कि भन्ने घिटकिसोमै अन्तिम सास फेर्न बाकी छ"केबल मात्र अब एउटा मात्र आसा बाचीरहेको छ देख भेट् सबै सपना नै जस्तै लाग्छ,तर कुनै न कुनै माध्यम बाट मेरो यो लेखन प्रयास तिमी सामु पुर्याउन सक्छु कि भन्ने झिनो आसा मा लेखिएको यो लेखले कहि कतै तिम्रो मन दुखाउन गएमा माफी चाहान्छु कुनै विकल्प नै न भेटेको ले यसरी संजाल बाट तिमी सामु पुर्याउने कोसिस गर्दै छु। ।

"न त हिजोका सपनाहरू बिपना बनाइ अङ्गाल्न सक्ने साहास छ बिबस मा,न त हिजो आँसु धारा बगाइएका ती तिम्रा परेलिहरु पुछेर हँसाउन सक्ने आँट छ बिबसमा,छ त केबल बिगत छ,अतीत छ,बिबस छ अन्तिममा एउटा मात्रै इच्छा छ तिम्रो मुखबाट "बिबश" भन्ने शब्द सुन्ने अन्तिम घीटकिसो छ" धन्यवाद"।

यम थापा बिबस
सन्धिखर्क नगरपालिका -१० बेल्टारी
हाल -दुबई

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया