Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

युरोपियन तेक्वान्दो च्याम्पियनसिपमा अर्घाखाँचीका कमल श्रेष्ठ सहित अन्य चार जना नेपालीले प्रतिस्पर्धा गर्ने

   
802   पटक पढिएको

काठमाण्डौ। प्रथम खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सोमबारदेखि सुरु हुने च्याम्पियनसिपमा नेपालबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीले प्रतिस्पर्धा गर्न लागेका हुन् ।प्रतियोगिता जर्मनीमा मे ४ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पुम्सेतर्फ ५० वर्ष उमेर समूह मुनि पुरुष तथा ३० वर्ष मुनिको उमेर समूहमा महिला र पुरुष दुवैले सहभागिता जनाउन पाउने छन् ।

५० वर्ष मुनि उमेर समूहमा पाँचौं डान लक्ष्मणबहादुर ऐरले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । त्यस्तै ३० वर्ष मुनिको पुरुषतर्फ १३ औं सागका पदक विजेता कमल श्रेष्ठ, जितबहादुर बोटे, प्रेमबहादुर लिम्बुले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । सोही उमेर समूहको महिलातर्फ पार्वती गुरुङले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा अनलाइनबाटै विभिन्न ७२ देशहरूका एक हजार २५४ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्दै छन् । जसमा ५० वर्ष उमेर समूह मुनि पुरुष तर्फ विश्वभरका ६२ जना, ३० वर्ष मुनिको पुरुष उमेर समुहमा १०७ जना र ३० वर्ष मुनिको महिला समूहमा ११२ जना खेलाडीले आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।

वर्तमान अवस्थानमा विश्वभर महामारीका रूपमा फैलिएको कोराना भाइरसका करण खेलाडी प्रतियोगिताविहीन भएका बेला जर्मनीमा यस्तो अनलाई प्रतियोगिताको आयोजना गरेको हो । यस्तो परिस्थितिमा पनि प्रतियोगिताहरूमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्न पाएकोमा खुसी भएको खेलाडीले बताएका छन् । source - BAAHRAKHARI.COM

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया