Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना र लकडाउनको कारण पनि अर्घाखाँचीका तेक्वान्दो खेलाडी कमल श्रेष्ठ अनलाइनबाट नै तेक्वान्दोको अन्तराष्ट्रीय प्रतियोगितामा सहभागी ( भिडियो सहित )

   
812   पटक पढिएको

अर्घाखाँची।
बैशाख २२ ,अर्घाखाँचीबुलेटिन - जर्मनीमा मे ४ देखि शुरु भएको प्रथम अनलाइन डेडो खुल्ला युरोपियन पुम्से २०२० च्याम्पियनसिप मा नेपालका पाँच खेलाडीले सहभागिता जनाएका छन् । प्रतियोगितामा ७२ देशका १ हजार २ सय ५४ जना खेलाडीहरुले अनलाइन बाट सहभागिता जनाइरहेका छन् ।

कोभिड ( १९ का कारण बिश्वभरका खेलाडिहरु लकडाउनमा रहेका कारण बिश्वभरका ठुला ठुला प्रतियोगिताहरु स्थगीत भैरहेका बेला उक्त अनलाइन प्रतियोगितालाई निकै महत्वका साथ हेरीएको छ । यतिबेला बिश्व जगतले निकै महत्त्वपुर्ण मानिरहेको सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व जनाउने गरि ५ खेलाडिहरु सहभागी हुँदै छन् ।

 

खेल र खेलाडिकै कारण पटक पटक यो देशको शिर उचो भएकाले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)का  स्वर्ण पदक  बिजेता,अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ डिभर्ना स्थायी घर भएका खेलाडी कमल श्रेष्ठले ३० बर्षको समुहबाट सहभागीता जनाउँदै छन।

तेसैगरी पुरुषतर्फ ३० बर्ष उमेर समुहबाट प्रेम बहादुर लिम्बू , जित बहादुर बोटे र ५० बर्ष उमेर समुहमा (मास्टर )लक्ष्मण बहादुर ऐर आफुले पनि सहभागीता जनाउने भएका छन् ।

स्वर्ण पदक बिजेता चितवनकी पार्वती गुरुङले ३० बर्ष मुनि उमेर समूहमा सहभागीता जनाउँदै छिन्।

जस अन्तर्गत बिश्वभर बाट महिला तर्फ ३० बर्ष उमेर समुहमा १ सय १२ जना र पुरुष तर्फ १ सय ७ जनाले सहभागीता जनाएका छन् भने ५० बर्ष उमेर समुहमा ७२ जना सहभागी छन् ।

अनलाइनबाट सहभागीता जनाउने सबै नेपाली खेलाडिहरुले एक आपसमा सामाजिक दुरी कायम गरि बिहान र बेलुका गरि दैनिक ४ घण्टा अभ्यास गर्दै आइरहेका छन । बिश्वभर निकै महत्वका साथ हेरीएको यो प्रतियोगिता नेपालमा भने त्यति साह्रै चर्चामा रहेको छैन ।

सो प्रतियोगीतामा सहभागी हुने सबै खेलाडिहरुले आफ्नै ट्रेनिङ हलमा तयार पारेको भिडियो लाई अनलाइनमा राखीसकेपछी भिडियोमा आउने लाइक कमेण्ट र सेयर गरिएको आधारमा बिजेता छनौट गरीने भएकाले नेपाली खेलाडिहरुको हौसला प्रदान गरीदिन खेलाडी हरुले तयार पारेको भिडियो लाई युट्युब मा गएर भिडियो हेरिदिन खेलाडीहरुको आग्रह छ ।

सबै नेपाली खेलाडिहरु उत्तिकै दक्ष भएपनी १३औं साफ गेमका स्वर्ण पदक बिजेता कमल श्रेष्ठ र पार्बती गुरुङ लाइ भने आशाको केन्द्र बिन्दुमा राखिएको प्रशिक्षक लक्ष्मण बहादुर ऐरेले बताएका छन ।

खेल र खेलाडिकै कारण पटक पटक यो देशको शिर उचो भएकाले यसपटक पनि नेपाली खेलाडी हरुले उक्त प्रतियोगिताको माध्यमबाट नेपाल र नेपालीको शान बढाउनेमा आंफूहरु बिश्वस्त रहेको प्रशिक्षक एरेको भनाइ छ । साथै युरोपियन पुम्से २०२० च्याम्पियनसिपमा सहभागी जनाउने खेलाडीहरुलाई कोरियन प्रशिक्षक क्वान योङ्ग दालले बिशेष प्रशिक्षण दिनुभएको छ।

साथै खेलाडीहरुले फ्रान्समा हुन् गहिरहेको विश्व २०-२० अनलाइन पुम्से च्याम्पियनशिपमा पनि सहभागिता जनाउने बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया