Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दुबईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको मृ'त्यु

   
17237   पटक पढिएको

यूएई, बैशाख २३। यूएईको दुबईमा कार्यरत अर्घाखाँचीका यूवराज गैरेको कोरोनाको कारण ज्यान गएको छ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर -८ चिउरामाटी घर भै बिगत १५ वर्षदेखि दुबईमा कार्यरत रहनुहुने ४७ वर्षीय युवराज गैरेको आइतबार ज्यान गएको हो। उहाँ वैशाख ५ गते अस्पताल भर्ना हुनुभएको थियो ।

स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उहाँलाई सँगै बस्ने छिमेकीले अस्पताल पुर्याएका थिए । सुरुमा निमोनियाका कारण बिरामी भएको भन्दै अस्तर मेडिकलले उहाँलाई निमोनियाको औषधि दिएको थियो । धेरै असजिलो भएपछि दुबईको रशिद अस्पताल पुर्याइएको सहकर्मीहरुको भनाइ छ ।

उहाँलाई भेण्टिलेटरमा राखेर उपचार गराइएकोमा आइतबार साँझ ज्यान गएको दूतावास स्रोतले जनाएको छ ।सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको अस्पताललाई उद्धृत गर्दै परराष्ट्र सेवा कन्सुलर सेवाले गैरेको घर परिवारलाई जानकारी दिएको थियो ।

यो सँगै यूएईमा एक हप्ताभित्र अर्घाखाँचीका दुई जनाको ज्यान गएको छ । यस अघि आबुधावीमा कार्यरत सन्धिखर्क ६ जगताका सुशील भट्टराईको ज्यान गएको थियो । भट्टराईको ज्यान जानुको कारणबारे अनुसन्धान भैरहेको कम्पनीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया