Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोनामा खोज गरिरहेका चिनियाँ सहप्राध्यापकको अमेरिकामा गोली हानी ह'त्या

   
748   पटक पढिएको

काठमाडाैं- कोरोना भाइरसमाथि अनुसन्धान गरिरहेका चीनमा जन्मेका एक शोधकर्ताको अमेरिकामा गोली हानेर हत्या गरिएकाे छ। ३७ वर्षका विग लीकाे शनिबार आफ्नै घरमै हत्या भएकाे हाे। उनी पीट्सबर्ग विश्वविद्यालयको स्कुल अफ मेडिसिन विभागमा सहप्राध्यापकको रुपमा कार्यरत थिए।

उनकाे हत्यालाई षडयन्त्रकाे रुपमा हेरिएकाे छ। उनीसँगै कार्यरत रहेकाहरुका अनुसार उनी कोरोना भाइरसमाथिकाे खोजमा ठोस निष्कर्षतिर पुगेका थिए। यही कारण पनि उनको हत्यालाई लिएर विभिन्न अनलाइन मिडियामा अनुमानहरु तीव्र भएका छन्।

यस विषयमा विस्तृत अनुसन्धान भइरहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार पिट्सबर्गमा विग लीलाई टाउको, मुटु, हात र गर्धनमा गोली हानिएको छ। गोली हान्ने व्यक्तिको पनि पहिचान भइसकेको छ।

४६ वर्षका हाउ गुले उनीमाथि गोली प्रहार थिए। उनी पेशाले सफ्टवेयर इन्जिनियर भएको पाइएको छ। कारबाट फर्कर्दै गर्दा उनले पनिआफूलाई गोली हानेर आत्महत्या गरेका छन्।अधिकारीका अनुसार उनीहरु दुवै एक अर्कासँग परिचित थिए। पहिलो हत्या र पछिकाे आत्महत्याको घटना भएको देखिन्छ। घटनाअघि दुवै जनाबीच आफ्नो अन्तरग साथीको विषयलाई लिएर लामो बहस भएको बताइएकाे छ।

अनुसन्धानकर्ताहरुले अहिलेसम्म लीको हत्या कोरोनाको अनुसन्धानका विषयमा भएको कुनै प्रमाण प्राप्त नभएको बताएका छन्। लीका एक साथीले उनी एक उल्लेखनीय शोधकर्ता भएको र जो कोरोना भाइरसका विषयमा कुनै महत्वपूर्ण खोजमा नजिकै रहेको बताए। उनले लीको अधुरो सपना अब आफूले पूरा गर्ने बताए।

ली चीनमै हुर्केका थिए। उनले सिंगापुरमा स्नातक र पीएचडी गरेका थिए। त्यसपछि उनी अनुसन्धानका लागि अमेरिका पुगेका थिए।
चिनियाँ सामाजिक सञ्जालहरुमा घटनालाई फरक रुपमा प्रस्तुत गरिएको छ। केही प्रयोगकर्ताहरुले ली चीनियाँ हुनु नै अमेरिकामा जोखिम भएको टिप्पणी गरेका छन्।

उनी चिनियाँ भएकै आधारमा निशाना बनाएको भने कुनै पनि आधार देखिँदैन। चीनकाे सरकारी मीडियासँग जोडिएको ग्लोवल टाइम्सले छापेको एक लेखमा मुत्युलाई लिएर कयौं अनुमान गरिएको छ।nepal live

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया