Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा फेरी घट्यो दुखद घटना,३७ वर्षिय आलेको हृदयघातबाट मृ'त्यु

   
677   पटक पढिएको

कुवेत- संखुवासभा घर भई विगत १८ महिना देखि कुवेतमा कार्यरत वर्ष ३७ का मान बहादुर आलेको आज ७ मई २०२०,विहिवार विहान हृदयघातबाट मृत्यु भएको छ।

उक्त घटना कुवेतस्थित मिनाजोर जुलाइया नजिक उनि कार्यरत कम्पनीकै आवासमा घटेको थाहा हुन आएको छ।

यस घटनावारे बोल्दै नेपाली राजदुतावास,कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालले भने नेपाली राहदानी नं. ०८५७४८०७ का वाहक आलेको हृदयघातका कारण मृत्यु भएको जानाकारी दुतावासलाई आइसकेको बताएकाछन्।

मृतकले कुवेतको अल्घानिम इन्जिनियरिङ जनरल कन्ट्रयाक्टिङ कम्पनीमा काम गर्दै थिए।उक्त कम्पनीले मृतकको राहदानी र परिवारको सम्पर्क नम्वर दुतावासमा उपलव्ध गराइसकेकोले अब हामी कम्पनी र परिवारसँग समन्वय गर्दै प्रर्किया अगाडी बढाउने बताएकाछन्।
अहिले मृतकको शव कानुनी प्रर्कियाको लागी कुवेतको फरवानियाँमा अवस्थित अस्पतालमा रहेको जानाकारी आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया