Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सुरु गरौं कहाँ बाट ? किन कि प्रेम नै अधुरो भइदियो : माधब पौडेल

   
370   पटक पढिएको

अर्घाखाँची । सुरु गरौं कहाँ बाट ? किन कि प्रेम नै अधुरो भइदियो ! हो थाहा छ मलाई तिमी धेरै माया गर्छौ मैले पनि तिमीलाई धेरै माया गर्छु भन्ने तर जीवन को यात्रा मा तलाई लाई पाउन लेखेको रैनछ। सायद त्यसै ले भन्थीस नी म हजूर को हुने छैन ।हामी एक अर्काको हुनु नै लेखेको रैनछ भावी ले ,विगत का दिन सम्झिदा आफू लाई समाल्न सक्दिन म ,बहाकिन्छ यो मन अनि एक मन ले भन्छ चिन्ता नगर तेरो माया को आशीर्वाद ले उ अर्कै को भए पनि सदै खुसी रहने छे अनि मन अलिकति समालिन्छ ।

त्यो दिन त्यो समय आज पनि अनौठो लाग्छ तेरो मेरो बीच मा खोइ कसरी यति धेरै माया बस्यो भनेर सुरु मा मलाई अनेक नयाँ नाता जोडेर बोल्ने प्रयास गरिस् पछि आएर त्यो नाता लाई यति सम्म बनाईस की त बिना म अनि म बिना त एक पल पनि बाँच्न नसक्ने खाल को ! हरेक दिन फोन मा भिडियो कल हुँदा पनि नपुग्ने भेट्नै मन लाग्ने तेरो माया म कसरी भुल्न सक्छु र ? एक छिन बोल्न नपाउँदा गहभरी आशु झार्ने हामी, अनि बिरामी हुँदा सँगै रुने हामी ,त्यो तेरो कोमल मन कहाँ भुल्न सक्छु र प्रिय ,

म बिसन्चो हुँदा दबाई नखाए कहिलै नबोल्नु म सँग भन्थिस अनि म रात को १२ बजे पनि औषधि खान तयार हुन्थे किन कि त सँग नबोली बस्न कहा मन ले मान्थ्यो र ! चाहना त थियो तेरो पनि म सँगै जीवन कात्ने तर तेरो परिस्थिति बुझेको थिए मैलै ,तैले भन्थिस माया धेरै गर्छु अहिले अनि पछि पनि तर हाम्रो जीवन सँगै काट्ने चाहना पूरा हुने पक्कै छैन ।

म उसले यति भन्दा पनि माया गर्न छोडिन् ।सदै सम्मान गरे ,उसको समस्या लाई बुझे उसले पनि मलाई राम्रो सँग बुझाई ।हो उ के ही समय टाढा भएपनि रुँदै भन्थी भिडियो कल मा छिटो भेट्नी मन छ अनि म पनि भन्थे मलाई पनि धेरै भेट्न मन छ । ऊ रुन्थी अनि म पनि! यतिकै मा भिडियो कल कट हुन्थ्यो अनि म्यासेज गर्थि पछि बोल्छु भन्दै अनि मैले सोध्थे किन ? ऊ भन्थी म बोल्न सकिन अनी मैले भन्थे एक पटक हेर्छु अनि पुग्छ अनि पुन भिडियो कल हुन्थ्यो अनि बल्ल उ पनि निदाउँथि अनि म पनि

जीवन को हरेक पल मा मलाई साथ दिँदै गैरहि अनि म पनि यसरी नै साथ दिइरहे अजै पनि भन्छे हजूर भन्दा पहिला मर्न पाउ किन कि हजूर लाई के ही भएमा कस्को लागि बाँच्छु र ? उसको यही सब्द ले मलाई दिल छोएको छ ।आज सम्म उसैलाई नै माया गर्दै यहाँ सम्म आएको छु । यसै ले प्रेम विवाह गर्नकै लागि मात्र गरिँदैन एउटा असल साथी लाई साथ दिन को लागि पनि गरिन्छ ।

काल्पनिक रूपमा लेखिएको यो लेख कसैको जीवन मा मेल खान गएमा संयोग मात्र हुने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया