Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका स्वर्ण पदक बिजेता तेक्वान्दो पुम्से खेलाडी कमल श्रेष्ठ र प्रेम लिम्बु युरोपियन पुम्सेको शीर्ष २४ मा

   
297   पटक पढिएको

काठमाडौं। स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कमल श्रेष्ठ र प्रेम बहादुर लिम्बु पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्सेअन्तर्गत ३० वर्षमुनितर्फको शीर्ष २४ भित्र अटाएका छन् ।

जर्मनीमा भएको च्याम्पियनसिपमा सागका पदक विजेता कमल शीर्ष २२ भित्र तथा प्रेम बहादुर बोटे शीर्ष २४ मा अटाउन सफल भएका हुन् । सागका अर्का पदक विजेता जित बहादुर बोटे भने ३७ औं स्थानमा रहन सफल भएको लक्ष्मणबहादुर ऐरले जानकारी दिएका छन् ।

प्रतिस्पर्धीले भिडियो पठाएर प्रतियोगितामा भाग लिएका हुन् । मंसिरमा भएको १३ औं सागमा कमलले पुम्सेमा स्वर्ण पदक तथा जित र प्रेमले कास्य पदक जितेका थिए ।सबै खेलाडीहरुको पुम्से भिडियोको यु ट्यूव लिंकमार्फत २८ अप्रिलमा पठाइएको लक्ष्मणले बताए प्रतियोगिताको नियम अनुसार हरेक खेलाडी ले समान ३/३ वटा यु ट्यूव लिंक हरेक यू ट्यूव लिंकमा २–२ वटा पुम्से गरी एक जनाको जम्मा ६ पुम्सेको भिडियो पठाएको थियो ।

सबै भिडियो युटुवमा अपलोड गरेर त्यसको लिंक आयोजकलाई पठाइएको थियो । लक्ष्मणले सहभागीका लागि समन्वय गरेका थिए भने नामावली नेपाल तेक्वान्दो संघमार्फत पठाइएको थियो । प्रतियोगितामा अनलाइन विभिन्न ७२ देशका १ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा १० मार्चसम्म चल्नेछ ।

हरेक उमेर समूहका शीर्ष ३ म आउने खेलाडीले पदक प्राप्त गर्नेछन् । त्यस्तै सबैभन्दा धेरै लाईक र धेरै सेयर बटुल्ने भिडियोले समान २ सय ५० युरो पुरस्कार स्वरुप प्राप्त गर्न बताइएको छ । (हाम्रो खेलकुद बाट )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया