Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

भारतका विभिन्न ठाउँमा अलपत्र नेपालीको उद्धारका लागि अखिल भारत एकता मञ्च संयुक्त राज्य चंडिगढको अपिल

   
198   पटक पढिएको

भारत। बिश्व भरी माहामारीको रुपमा फैलिएको कोरोना भाईस Covid-19 बाट बच्न एक अर्कालाई संक्रमण बाट जोगाउन हरेक देशमा लकडाउन (बन्दाबन्दी) कारण भारतमा फसेका अलपत्र नेपालीहरुलाई उद्धारका लागि अखिल भारत एकता मञ्च संयुक्त राज्य समिति चंडिगढले नेपाली राजदूतावास दिल्ली मार्फत प्रधानमन्त्री केपि शर्मा ओलि लाई ज्ञापन पत्र बुझाएको छ ।

भारतमाका विभिन्न राज्यमा दैनिक मजदुरी गरि जिविको पार्जन गरीरहेका प्रवासीहरुको जनजीवन कठोर बन्दै गएको एकान्त वासमा बसिरहदा भोकमरी र आफ्नो परिवारको चिन्ताले मानसिक रोगको खतरा रहेको भन्दै उद्धारका लागि पहल गर्नको लागि अपिल गरिएको हो ।

भारत र नेपाल दुई राष्ट्र बिच भएको सहमती अनुसार बन्दाबन्दिमा खान बस्न र उपचारका गर्ने जो जहाँ छ त्यही बस्न पर्नेमा कार्यनयन समेत नभएको र माहामाहिम राजदुतको भुमिका पनि संतोषजनक नभएको हुदा प्रवासी नेपालीहरु मर्ने त भयौ तर आफ्नै देशको पानी पिएर मोर्न चाहन्छौ भन्ने आवाज आईरहदा उचित व्यवस्थापन गरि नेपाल पुर्‍याउन जोडदार माग गरिएको छ ।

नेपाल सरकारले प्रदेश सरकार संग समन्वय गरि क्वारेन्टाइनको व्यवस्था सहित प्रदेश सरकारले व्यवस्थापन गर्ने गरि संघीय सरकारको निति कार्ययोजना कार्यतालिका अनुसार चेकजाँच गरि भारत सरकार र नेपाली राजदुतवासको पहलमा नेपालीहरुको उद्धार हुनेछ भन्नेमा आशा र विश्वास रहेको अध्यक्ष प्रकाश स्यांडा र सचीव प्रेम नेपाली द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया