Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अमेरिकामा कोरोना भाइरसले ८० हजार भन्दा बढीको मृ'त्यु

   
183   पटक पढिएको

काठमाडौं ।४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८० हजारभन्दा बढीको मृ'त्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ४१२ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८० हजार २७ पुगेको छ पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ४६ हजार ७११ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये २ लाख ३७ हजार २२ जना उपचारपछि निको भएका छन् ।उपचार गराइरहेका १० लाख २९ हजार ७२२ जनामध्ये १६ हजार ८१७ जनाको अवस्था गम्भीर रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया