Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कोरोना महामारी : ४० लाख बढीमा संक्रमण, २ लाख ७९ हजारको मृ'त्यु

   
182   पटक पढिएको

एजेन्सी - विश्व महामारी कोराना भाइरस (कोभिड–१९) बाट विश्वका ४० लाख बढी मानिस संक्रमित भइसकेका छन्। आइतबार बिहानसम्मको तथ्यांकअनुसार ४० लाख २० हजार ८७८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये १३ लाख ६९ हजार ५५३ जना निको भइसकेका छन्। त्यस्तै २ लाख ७९ हजार ७ जनाले ज्यान गुमाएका छन्।सबभन्दा बढी अमेरिकामा ७८ हजार ७४६ को ज्यान गएको छ। त्यस्तै १३ लाख ९ हजार १६४ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये २ लाख १२ हजार ५३४ जना निको भएका छन्।

अमेरिकापछि बेलायतमा ३१ हजार ६६२ ले ज्यान गुमाएका छन् भने २ लाख १६ हजार ५२५ मा संक्रमण पुष्टि भएको छ। जसमध्ये १ हजार १ जना निको भएका छन्।

यसैगरी इटालीमा ३० हजार ३९५ को मृत्यु भएको छ। पछिल्लो समय संक्रमण दर घटेको इटालीमा हालसम्म ३ लाख १८ हजार २६८ जना संक्रमित भइसकेका छन्। तीमध्ये १ लाख ३ हजार ३१ निको भएका छन्।

पछिल्लो समय तीव्र रुपमा फैलिरहेको रुसमा १ हजार ८२७ को ज्यान गएको छ। त्यहाँ १ लाख ९८ हजार ६७६ संक्रमित हुँदा ३१ हजार ९१६ निको भएका छन्। त्यस्तै छिमेकी मुलुक भारतमा पनि संक्रमण तीव्र फैलिरहेको छ।

भारतमा हालसम्म ६२ हजार ८०८ मा संक्रमण देखा परेको छ। जसमध्ये १९ हजार ३०१ निको भएका छन् भने २ हजार १०१ ले ज्यान गुमाएका छन्।

कुन देशमा कति ? (दस देशको आँकडा)

अमेरिका संक्रमित: १३,०९,१६४ मृत्यु: ७८,७४६ निको: २,१२,५३४

स्पेन संक्रमित: २,२३,५७८ मृत्यु: २६,४७८ निको: १,३३,९५२

इटाली संक्रमित: २,१८,२६८ मृत्यु: ३०,३९५ निको: १,०३,०३१

बेलायत संक्रमित: २,१६,५२५ मृत्यु: ३१,६६२ निको: १,००१

रुस संक्रमित: १,९८,६७६ मृत्यु: १,८२७ निको: ३१,९१६

फ्रान्स संक्रमित: १,७६,७८२ मृत्यु: २६,३१३

निको: ५६,१४८

जर्मनी संक्रमित: १,७१,३२४ मृत्यु: ७,५४९ निको: १,४३,३००

ब्राजिल संक्रमित: १,५५,९३९ मृत्यु: १०,६२७ निको: ६१,६८५

टर्की संक्रमित: १,३७,११५ मृत्यु: ३,७३९ निको: ८९,४८०

इरान संक्रमित: १,०६,२२० मृत्यु: ६,५८९ निको: ८५,०६४

(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया