Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

लिपुलेकसम्मको सडकमार्ग उद्धाटन गरेको कार्य प्रति रुपन्देहीका आठ राजनीतिक दलद्वारा घोर आ'पत्ति व्यक्त

   
193   पटक पढिएको

टेकराज भुसाल
२८ बैशाख, बुटवल ।   लिपुलेकसम्मको सडकमार्ग उद्धाटन गरेको कार्य प्रति रुपन्देहीका आठ राजनीतिक दलद्वारा घोर आपत्ति व्यक्त टेकराज भुसाल २८ बैशाख, बुटवल ।

नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता माथी हस्तक्षेप गर्दै, भारतले नेपालको भू–भाग गुन्जी, लिपुलेक हुदै धार्चुला र मानसरोवर जोड्ने मार्ग निर्माण र त्यसको उद्घाटन समेत भारतिय रक्षामन्त्रीले गरेको समचार प्रति नेकपा (मसाल) रुपन्देही सहितका ७ राजनीतिक दलले सरकारको गंभिर ध्यान आकर्षण गराएका छन्।

बैशाख २७ गते जारी गरिएको संयुक्त बिज्ञप्तिमा भारतीय शासकवर्गले नेपालको भू–भाग माथी गरेको नाङ्गो हस्तक्षेपको विरोध र भ्रत्सना गर्दै अविलम्व उक्त सडक निर्माण कार्य रोक्न र नेपालमाथीको नाङ्गो हस्तक्षेप प्रति नेपाल सरकारको मौनता र लाचारीपनको निन्दा गर्दै अविलम्व कुटनैतिक पहल मार्फत समस्या समाधान गर्न समेत रुपन्देहीका संयुक्त ८ दलले माग गरेका छन्।

सरकारका परराष्ट्र मन्त्रीले दिएको गैर जिम्मेवार अभिव्यक्तिले स्वाभिमानी नेपालीको शिर झुकाएकाे भन्दै खेद व्यक्त गर्दै सम्पूर्ण देशभक्त नेपालीहरु एकतावद्ध भएर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डताको पक्षमा सघर्षमा लामवद्ध हुन समेत अपिल गरेकाे छ।

आठ राजनीति दलहरु: - 

 नेपाल कम्युनिष्ट पार्टी(मसाल) जिल्ला समिति रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी) जिल्ला समिति रुपन्देही ।  नेपाल कम्युनिष्ट पार्टी ( मा ले ) जिल्ला समिति रुपन्देही । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देही । -देश भक्त जनगणतान्त्रिक मोर्चा नेपाल जिल्ला समिति रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) जिल्ला समिति रुपन्देही ।- राष्ट्रिय जागरण परिषद नेपाल । राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देही ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया