Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

संसदीय समितिमा भीम रावलकाे प्रस्तुतिले दुखी बनायाे : शंकर पाेखरेल

   
221   पटक पढिएको

काठमाडौं, २८ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले सीमा अतिक्रमणजस्तो संवेदनशील विषयमा राज्यलाई निःशर्त सहयोग गर्नु सबैको कर्तव्य भएको बताएका छन्।

मूख्यमन्त्री पोखरेलले आइतबार सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै नेकपा नेता भीम रावललाई विगतमा आफू सरकारमा हुँदा गरेको कामको अनुभवबाट वर्तमान सरकारलाई सहयोग आग्रह समेत गरेका छन्।

मूख्यमन्त्री पोखरेलले आपसी कटाक्ष र विवादले राष्ट्र नै कमजोर बन्ने बताएका छन्। उनले फेसबुकमा स्टाटस् लेखेका छन्,विगतमा गृह, रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदूरपश्चिम प्रदेशको इन्चार्ज समेत रहनु भएका कमरेड भीम रावलजीले कालापानी लगायत नेपाल भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफूले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खबर सुन्न पाएको भए खुशीको अनुभूति हुने थियो।

नेता भीम रावलले आइतबार संसद र संसदीय समितिको बैठकमा भारतले लिपुलेकमा सडक बनाएको बारे कडा टिप्पणी गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया