Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चाका कार्यकर्ता कपनबाट गिरफ्तार

   
380   पटक पढिएको

काठमाडौँ भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी सहित नेपाली भूमिमाथि गरेको अतिक्रमणका विरुद्ध आज राष्ट्रिय जनमोर्चाले काठमाडौंका ५ स्थान रत्नपार्क, गंगबु, सुकेधारामा, कलंकी, बनस्थलीमा विरोध कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रम मध्ये सुकेधारामा कार्यक्रम तयारीको सिलसिलामा बाहिर निस्कने क्रममा राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनको गेट मै पुलिसले हस्तक्षेप गरी कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ ।

कपनबाट गिरफ्तार हुनेहरुमा आनन्द शर्मा, भैरव रेग्मी, बासुदेव पोख्रेल, मधु क्षेत्री, छवि खनाल, समीर सिंह, विष्णु शर्मा, मदन पाण्डे रहेकाछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया