Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आज भारतमा रहेका १ हजार नेपालीलाई नेपाल भित्र्याइँदै छ , तर उनिहरुलाई राख्नको लागि ठाँउ छैन

   
527   पटक पढिएको

बुटवल ,बैशाख ३१ । भारतको सुनौली र नौतनवामा क्वारेन्टिन अवधि पूरा गरेका एक हजार नेपालीलाई बुधबार नेपाल भित्र्याइँदैछ। उनीहरुलाई नेपाल ल्याएर जिल्लाका पाँच स्थानमा तयार गरिएका क्वारेन्टिनमा राख्न लागिएको रुपन्देहीका एक अधिकारीले बताए।

उनीहरुलाई सिद्धार्थनगर नगरपालिकाको लिलाराम न्यौपाने उच्च मावि, रोहिणी गाउँपालिकको धकधईस्थित रामनरेश मावि, ओमसोतियास्थित गहुँबाली अनुसन्धान केन्द्र, तिलोत्तमाको मधवलियामा रहेको एक माध्यमिक विद्यालय र २ सय जनालाई छपियामा रहेको एक सरकारी विद्यालयमा राख्ने तयारी स्थानीय प्रशासनले गरेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने सीमापारि रहेका नागरिकहरुलाई राख्न क्वारेन्टाइन स्थलको व्यवस्था गरेर मात्र ल्याउने बताए। क्वारेन्टिन अवधि पूरा गरेकालाई ल्याउने तयारी छ, कहाँ कसरी राख्ने भन्नेबारे छलफल जारी छ, उनी भन्छन्।

कपिलवस्तुको सीमाक्षेत्रमा अलपत्र परेकालाई नेपाल प्रवेश दिइएको छ। विभिन्न समयमा नेपाल आएकाहरुलाई स्थानीय तहले बनाएका क्वारेन्टिनमा राखिएको छ।

पछिल्लो एक सातामा ५ हजार जना नेपाल आएका छन्। उनीहरु सबै जनालाई विद्यालय, मदरसामा राखिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।कपिलवस्तुको यशोधरा गाउँपालिकाका प्रमुख गिरजेश कुमार पाण्डेय आफ्नो गाउँपालिकाले ७ सय जनालाई क्वारेन्टिनमा राखेको बताउँछन्।

उनका अनुसार, विद्यालय भरिभराउ भएका छन्। अब केही निजी विद्यालय र मदरसा मात्र बाँकी छन्, उनी भन्छन् अब बढीमा ५/६ सयभन्दा बढीलाई धान्न सक्ने क्षमता छैन।कास्की खबर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया