Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सन्धिखर्क १० का एक युवाले लेखे जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सनपालाइ कोरोनाको बिषयलाइ लिएर पत्र

   
920   पटक पढिएको

अर्घाखाँची। श्रि जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र सन्धिखर्क नगरपालिका का माननिय,सम्माननिय ज्यु हरुप्रति नमस्कार छ ।

विषय : कोभिड -१९ को बारेमा

महोदय ,

उपरोक्त सम्बन्धमा विस्वब्यापि रुपमा फैलिएको कोरोना भाईरशले विस्व लाई तहश नहश पारिरहेको छ । यो माहामारि फैलिएकै बेला छिमेकि देश भारतमा आफ्नो जिविका निर्बाहा गर्न आएका नेपाली नगरिक र सिमा क्षेत्रमा अलपत्र परेका , कहिएऊ नेपाली सिमा बाट आफ्नो घर फर्केका पनि छन यो सबैलाई जानाकारिनै छ । र अजै पनि हजाराै नेपाली स्वदेश फर्किनै पर्छ , फर्किदै छन , फर्किनु पनि परो , मर्नै परे आफ्नै परिवारलाई भटेर मरऊला , यो नि एउटा आवश्यक पनि हो सबैको मनमा यहि नै छ ।

यो बिपतको घडिमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले के कस्ता कार्य , नीति नियम को तर्जुमा अगाडि सारेको छ त , कोरोना माहामारि फैईलिदै गर्दा नेपालको प्रदेश न . ५ मा सबै भन्दा धेरै कोरोना पोजेटिप देखिएको स्वाश्थ्य मन्त्रालयले बताई रहदा प्रदेश न. ५ भित्र पर्ने जिल्ला अर्घाखाँचि मा पनि यो भाईरश न आउला भन्न सकिँदैन ।

तसर्थ जिल्लाले के कस्था रोकथामका उपाय अपनाएको छ । यो आम जिल्ला बाशि आमा बुबा दाजु भाई दिदी बैनिको चासोको बिषय रहेको छ । मनिसलाई रोग भन्दा भोक ठुलो भईसकेको छ । मानिशहरु मा पनि भिन्नता छ ! १, हुने खाने र २, हुदामात्र खाने , उच्च वोदा , मध्यम , निऊन वोदामा रहेका जिल्लावाशि प्रति के कस्ता प्रोजेक्ट अगाडि सारिएको छ यो बिषयमा जिल्ला बासि जान्न चाहेको छ यसमा हजुरहरुको के कस्तो ध्यानआकर्षण भएको छ ।

र केही नियम हरु पालना गर्ने हो , वा पालना भएकाछन , कि कुनै वास्था गरिएको छैन , मेरो मनमा लागेका नियम र सर्त उल्लेख गर्ने अनुमति चाहान्छु ।

१. सबै भन्दा पहिला जिल्ला लाई कसोरि सुरक्षा दिने ।

२. जिल्लामा खाद्यान्न सामाग्रि कसोरि भित्राउने ।

३. जिल्लामा कोरोना भाईरशको बिमारि भेटियो तत्लाक नियन्त्रण कसोरि गर्ने ।

४. जिल्लाका चारै तिर नाकाहर सिल गर्ने कि नगर्ने ।

५. पुलिस प्रशासनले जिल्लाको नाकाहरु सुरक्षा दिन सकेन के गर्ने , नेपाली आर्मिलाई वाङला को क्यामा मात्र राख्ने कि ? आर्मिलाई पनि जिल्ला सुरक्षाको लागि नाका नाकामा पठाउने ।

६. जिल्ला लाई सुरक्षा दिन जिल्ला भित्र उत्पादन भएको अर्गनिक खेतिको प्रयोग गर्ने कि , छिमेकि देशको बिषादि युक्त खाद्यान्न भित्राउने ।यी नियम र सर्त पालना गर्न सकिन्छ कि सकिँदैन ? कृर्पया जिल्ला प्रशासन कार्यालय , र नगरपालिका मा ध्यानआकर्षण होस ।जय नेपाल , जय मातृभुमि , जय सुपा देउरालि , जय अर्घा भगवति धन्यवाद

निवेदक : प्रेम प्रसाद ढकाल

सन्धिखर्क वडा नं. १०अर्घाखाँचि नेपाल

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया