Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५

   
152   पटक पढिएको

नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ ।

यो पनि पढ्नुहोस

सितगंगामा फौजी किराको प्रकोप देखिएको छ । फौजी किराले मकैबाली सखाप पार्न थालेपछि सितगंगाका किसानहरु चिन्तित देखिएका छन् ।

शितगंगा नगरपालिकाको वडा नम्बर ७,८र९मा किराले मकै बाली खाएर सखाप पार्न थाले पछि स्थानिय चिन्तित बनेका हुन। किसानहरुको गुनासो बढे पछि मगंलबार नगरपालिकाको कृषि शाखा बाट अनुगमन गरि बिवरण संकलन गरेको सितगंगा नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन गौतमले बताउनु भयो ।

मंगलबार नगरपालीकाको कृषि शाखाको टोली फौजि किराको प्रकोप देखिएका वडामा केहि किटनाशक औसधि छर्किएर आएको छ। साथै कृषकलाई फौजि किरा नियन्त्रको घरेलु विधि प्रविधि बारे जानकारी दिएर आएको प्रमुख प्रसासकिय अधिकृत गौतमले जानकारी दिनु भयो। मंगलबार फौजि ३ वटा वडामा अनुमन गरेको छ वडा न११ वाट पनि गुनासो आएको छ छिट्टै अनुगमन टोली पुग्ने गौतमले बताउनु भयो ।

सितगंगा नगरपालीकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीका अनुसार नगरपालीकालेले कृषि प्राविधिक टोली प्रकोप क्षेत्र मा किराको प्रकोप समाधान गर्न, नमुना संकलन, स्थलगत अनुगमन गरेर आएको साथै मंगलबार गएको अनुगमन टोलीले स्थानिय स्तरमा अहिले प्रयाप्त मात्रामा औसधि नहुदा परिक्षको लागि स्थानिय मेडिकलबाट केहि मात्रामा औसधि छर्किएको र अनुगमन टोलीले ल्याएको रिपोर्टका आधारमा औसधि खरीद गरेर छर्कने योजना बनाएको नगर प्रमुख अकिारीले जानकारी दिनु भयो ।

किरा नियन्त्रणको लागि आवश्यक पहल भइरहेको छ ।कृषि प्राविधिक टोलीले र प्रकोप क्षेत्रमाा तत्काल किराको प्रकोपको नियन्त्रण गर्न नगरपालिकाले किरा मार्ने बिसादि छर्कने योजना बनाएको नगर प्रमुख प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो ।केही सातायता फैलिएको फौजी किराको प्रकोपले मकै ,तरकारी काँक्रो ,लगाएका सबै झालपात नष्ट पार्न लाए पछि किसान चिन्तित बनेका हुन्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया