Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आजको मौसम : पहाडी क्षेत्रमा सामान्य बदली, मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना

   
191   पटक पढिएको

काठमाडौ । अहिले देशभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पश्चिम र पूर्वी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।आज दिउँसो देशको पहाडी भू-भागमा सामान्य बदली र बाँकी भु-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

अपरान्ह पश्चात पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राती देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

पूर्वका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया