Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कालापानी लिपुलेक हाम्रो हो भन्दै राष्ट्रिय जनमोर्चा द्वारा प्युठानमा मसाल जुलुस प्रदसन

   
315   पटक पढिएको

प्युठान। सामाजिक दुरि कायम गर्दै गौमुखी गाउँपालिकाको पांच खुङ्गमा भारतीय साम्राज्यवादि हस्तक्षेप विरुद्ध राष्ट्रिय जनमोर्चाले मसाल जुलुस निकालेको छ ,।कालापानी ,लिपुलेख ,लिम्पियाधुरा हाम्रो हो,भारतीय साम्राज्यवाद मुर्दाबाद गो ब्याक ईन्डिया ,कालापानीमा नेपाली सेना परिचालन गर भन्ने विभिन्न नारा लगाउंदै मसाल जुलुस अगाडि बढी कोण सभामा परिणत भएको थियो ।

उक्त कोण सभाको संचालन अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य बरुनधोज मल्लले संचालन गर्नुभएको थियो भने कोण सभालाई राष्ट्रिय जनमोर्चा प्युठानका सचीव बिदुर मल्लले संबोधन गर्नुभएको थियो।

उहाँले कालापानी बाट भारतीय सेना तुरुन्तै हट्नुपर्ने ,यदि भारतले न टेरे सरकार अन्तर्राष्ट्रिय अदालतमा गै यो मुद्दा उठाउनु पर्ने बताउनुपर्ने बताउनुभएको थियो। साथै उहाँले राष्ट्रिय जनमोर्चा देशको अस्तित्व रक्षाको लागि ज्यानको आहुती दिन तयार रहेको भन्दै जनताहरु देश जोगाउन जाग्नुपर्ने बेलाभएको कुरा बताउनुभएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया