Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

उमेरअनुसार खानपानको तालमेल : कुन उमेरमा कति र के खाने ?

   
260   पटक पढिएको

भोकको माध्यमबाट हाम्रो शरीरले बताउँछ कि कहिले त्यसलाई इन्धन अर्थात् खानाको जरुरत छ । तर, हाम्रो खाने इच्छा केवल भोकसँग मात्र जोडिएको छैन । किनभने भोक नलागेर पनि हामी खान्छौं र यादाकदा भोक लागे पनि केही खाइरहेका हुँदैनौं ।

खानासँग जोडिएको केही संकेतले हाम्रो खाने इच्छामा असर पारिरहेको छ । हाम्रो खाने इच्छा पनि सधैं एकनास हुँदैन । जीवनको अलगअलग अवस्थामा यो पनि अलगअलग हुन्छ । उमेरका साथसाथै खाने इच्छामा पनि परिवर्तन हुनेगर्छ ।

 खानाको कुरा गर्ने हो भने आमसर्वसाधरणको जीवनमा यस उतारचढावको सात चरण आउँछ। यसको बारेमा आफैँलाई सम्झाएर हामी कम खाने वा ज्यादा खाने भन्ने निर्क्यौलमा पुग्नुपर्छ । खानाकै कारण शरीरमा रोग लाग्छ र खानाकै कारण शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, ऊर्जावान बनाउन सकिन्छ । त्यसैले कस्तो खानपान गर्ने भन्ने कुरामा एकदमै सर्तक एवं सजग हुनु जरुरी छ ।

उमेरको पहिलो चरण (जन्मदेखि १० वर्ष)

यस चरणमा बच्चा एकदमै तीव्र गतिमा बढ्दै हुन्छ । उसको शारीरिक र मानसिक विकास तीव्र रुपमा भइरहेको हुन्छ । त्यस चरणमा उनले जुन खानपान गर्छ । त्यसले ठूलो हुँदासम्म असर गर्छ । कुनै बच्चा सानै छँदा मोटो हुन्छ भने पछि पनि मोटो नै हुन सक्छ ।बच्चा अक्सर केही खानेकुरा खान डराउँछ वा आनाकानी गर्छ । तर, बच्चालाई पटक-पटक त्यस्ता कुरा चखाएर, त्यसको खुबीको बारेमा बताएर हामीले बच्चालाई स्वस्थ्यकर खानेकुरा जस्तै सागसब्जीमा बानी पार्न सक्छौं।

बच्चालाई हामीले खाएको बेला स्वयंमाथि नियन्त्रण गर्न पनि सिकाउनुपर्छ । खासगरी उनीहरूलाई यो कुरा बताउनुपर्छ कि उसले कति खाने त्यति धेरै पनि नखानु कि जसले मोटोपन बढ्न सक्छ ।कतिपय आमाबुबाले बच्चालाई प्लेटमा भएको खानेकुरा सफाचट खानका लागि बाध्य तुल्याउँछन् । अर्थात् खानेकुरा छाड्नुहुँदैन भनेर सिकाउँछन् । त्यही कारण बच्चाहरू आवश्यक्ताभन्दा बढी खाइदिन्छन् । पछि गएर उनीहरूमा खाना नछाडी खाने बानीको विकास हुन्छ ।

अहिले बच्चालाई अनियन्त्रित खानपानबाट जोगाउनु चुनौतीपूर्ण छ । विभिन्न माध्यमबाट आउने खानेकुराको विज्ञापनले उनीहरूलाई खानका लागि उकासिरहेको हुन्छ । खानपानको विज्ञापन देखेपछि बच्चाले त्यसको डिमान्ड गर्न थाल्छ । त्यही कारण उनीहरू आवश्यकताभन्दा बढी खानाको शिकार हुन्छन् ।

उमेरको दोस्रो चरण (१०–२० वर्ष)

किशोरावस्थामा शारीरिक तथा मानसिक विकास तीव्र गतिमा हुन्छ। ठिक यही मोडमा आएपछि उनीहरूको खानपान शैलीले दीर्घकालीन असर गर्ने । किशोरावस्थामा उनीहरू कसरी खान्छन् भन्ने कुरा पछि ठूलो हुँदासम्म रहिरहन्छ ।किशोरावस्थामा खानपानका लागि गरिने निर्णय वा शैलीले भावी पिढीसम्म असर गर्छ । अर्थात् यस चरणमा ती किशोरले जस्तो खानपान शैली अपनाएका छन्, त्यसको प्रभाव उनमा मात्र पर्दैन । उनको आउने पिढीमा पनि पर्छ ।

अक्सर के देखिएको छ भने, यतिबेला उनीहरू अनियन्त्रित रुपमा त्यस्ता खानेकुराको लतमा फस्न पुग्छन् कि जो उनीहरूको स्वास्थ्यका लागि घातक हुन्छ । अर्को तथ्य के भने किशोरको तुलनामा किशोरीमा यस्तो नराम्रो बानीको बढी असर हुन्छ । किनभने यस उमेरमा उनीहरूको शरीरिमा प्रजननको प्रक्रिया अर्थात् मासिक धर्मको सुरुवात भएको हुन्छ ।

कम उमेरमै गर्भवती हुने युवतीमा त यो चुनौती थप बढ्ने गर्छ । किनभने उनको शरीरले आफ्नो विकासका लागि पेटमा हुर्किरहेको बच्चासँग संघर्ष गरिरहेको हुन्छ ।

तेस्रो चरण (२०-३०)

युवाअस्थामा जिन्दगीमा केही परिवर्तन आउँछ । उनीहरू कलेज जान सुरु गर्छन् । बिहे गर्छन् । जागिर खान्छन् । यस क्रममा कतिपय आमाबुबा पनि बन्छन् । यी सबै कारण शरीरमा तौल बढाउनका लागि निहुँ बन्न सक्छ ।

शरीरमा जब एक पटक बोसो जम्मा हुन्छ, तब त्यसबाट छुटकारा पाउन एकदमै मुस्किल हुन्छ । जब हामी आफ्नो शरीरको आवश्यक्ताभन्दा कम खान्छौं, तब हाम्रो शरीरले तीव्र संकेत देखाइहाल्छ । जबकि हामीले शरीरलाई आवश्यकताभन्दा बढी खायौं भने त्यसलाई रोक्ने संकेत एकदमै कमजोर हुन्छ । धेरैजसो शारीरिक तथा मानसिक कारण हुन्छ, जसको कारण हामी कम खाने बानीलाई लामो समयसम्म टिकाएर राख्न सक्दैनौं ।

हालैको दिनमा एक नयाँ किसिमको रिसर्च सुरु भएको छ । यसको माध्यमबाट मानिसले कम खाएर पनि सन्तुष्टि प्राप्त गर्ने तरिकाको विकास भएको छ ।जो व्यक्ति तौल नियन्त्रण गर्ने प्रयासमा छन्, उनीहरुका लागि यो रिसर्च निकै उपयोगी हुन सक्छ । किनभने मानिसहरू भोक महसुस गरेकै कारण शरीरले मागेकोभन्दा बढी खाना खाने गर्छन् ।

अलग अलग किसिमको खानाले हाम्रो मस्तिष्कमा अलगअलग संकेत दिन्छ । यही कारण हो कि जतिपनि आइसक्रिम खाएर पनि हाम्रो दिमागले त्यसलाई रोक्ने संकेत गर्दैन । यही कारण हो कि समोसा, चाट, पकौडा आदि खाइरहँदा कति खाने भन्ने कुरा मनमा आउँदैन ।

जबकि प्रोटिनले भरपुर डाइट होस् वा बढी पानीयुक्त फल, यी खानेकुरा सेवन गरेपछि हामीलाई चाँडै पेट भरिएको अनुभूति हुन्छ भने लामो समयसम्म त्यही महसुस भइरहन्छ ।

चौथो चरण (३० देखि ४० वर्ष)

कामकाजी उमेरमा पेटका समस्यासँगै केही चुनौती हाम्रा सामुन्ने हुन्छन् । तनाव बढ्छ । तनावकै कारण ८० प्रतिशतको खानपानको बानीमा असर गरिरहेको हुन्छ । कतिपय त तनावको बेला बढी खानेकुरा खाइदिन्छन् । कतिले खाना छोड्छन् । तनावकै कारण खानपानसम्बन्धी हुने यस्ता उतारचढाव हाम्रो बानीमा रुपान्तरण हुन्छ ।

कामप्रति इमान्दार र कामलाई शालिनतापूर्वक गर्ने बानीको पनि हाम्रो खानपान र तनावसँग गहिरो नाता छ । कामको माहौल यस्तो बनाउनुनपर्छ, जसमा तनाव कम होस् । धेरै क्यालोरीयुक्त खानेकुराबाट बचोस् ।

पाँचौं चरण (४०;५० वर्ष)

डाइट शब्द ग्रीक जवानको डायेटियाबाट आएको हो । यसको अर्थ ‘जिन्दगी जिउने तरिका अर्थात् जीवनशैली) । तर, हामी सबै बानीको गुलाम भएका छौं । हामी आफ्नै बानीमा समेत सुधार ल्याउन वा लगाम लगाउन असमर्थ भइरहेका छौं । कुन राम्रो वा कुन नराम्रो भन्ने छुट्याएर पनि त्यसलाई सही ढंगले सम्पादन गर्न सकिरहेका छैनौं ।

मानिसहरूलाई मोटोपन ठिक होइन । तौल नियन्त्रण गर्नुपर्छ भन्ने त लागिरहेको हुन्छ । तर, उनीहरू तारेको, भुटेको, मसलेदार, मीठो मसिनो खानेकुरा खान छाड्दैनन् । अब उनीहरूले सोचेजस्तै तौल नियन्त्रण गर्न कसरी सम्भव छ ?

खानपानमा नियन्त्रण नगरी कसरी शरीरलाई स्वस्थ्य र तन्दुरुस्त बनाउन सकिएला ?

यो सम्भव नै छैन । खानपानसँग स्वास्थ्यको गहिरो र अन्तर्निहित सम्बन्ध छ । हामी जस्तो खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ ।विश्व स्वास्थ्य संगठन भन्छ, धुमपान स्वास्थ्यका लागि हानिकारक छ । मदिरा सेवनले जीवनशैली भताभुङ्ग बनाउन सक्छ । तर, यही कारण मानिसको मृत्युदर पनि बढिरहेको छ ।

खासगरी ४० वर्ष पार गरेपछि खानपानमा थप सर्तक हुनु आवश्यक छ । आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानेकुरा सेवन गर्नुपर्छ । यस उमेरमा उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, दम, थाइराइड आदिको समस्या हुनेगर्छ । यी सबै समस्यामा खानपान पनि एउटा कारक हुन्छ । सही र सन्तुलित खानपानले यी समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ ।

छैटौं चरण (५०–६०)

५० वर्ष पारगरिसकेपछि कुनैपनि व्यक्तिको शरीरको मांसपेशी घट्न थाल्छ । शारीरिक निष्कृयता र महिलाहरूमा रजनोवृत्तिका कारण पनि मांशपेसी घट्ने क्रम तीब्र भएर गएको छ ।

यस चरणमा स्वास्थ्यवर्द्धक र पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा खाएर बुढ्यौलीसँग लडाइँ गर्न सकिन्छ । यतिबेला प्रोटिनयुक्त खानेकुरा बढी आवश्यक हुन्छ, जो अक्सर पूरा भएको हुँदैन ।

अहिले बजारमा प्रोटिनयुक्त खानेकुरा त पाइन्छ। तर त्यसले हाम्रो शरीरको आवश्यक्ता पूरा गरिरहेका छैन ।

सातौं चरण (६० ७०)

जति जति उमेर ढल्कदै जान्छ, शरीर उत्तिनै शिथिल र कमजोर हुँदै जान्छ । भित्री अंगहरूको कार्यक्षमता घट्दै जान्छ । यसकारण शरीरको एकदमै ख्यालविचार गर्नुपर्ने चरण हो यो । यतिबेला गरिने स-सना गल्तीहरूले ठूला असर पारिरहेका हुन्छन् ।

बुढ्यौलीमा पोषक्तणयु, सन्तुलित, स्वास्थ्यवर्द्धक खानेकुराको अतिजरुरी हुन्छ । सुपाच्य खानेकुरा आवश्यक हुन्छ । स्वाद होइन, स्वास्थ्यका लागि सोच्नुपर्ने हुन्छ । उमेर बढ्दै गएपछि शारीरिक सक्रियता घट्छ र खानेकुरामा रुचि पनि घट्छ । कतिपय औषधि सेवन र खानेकुरा बार्नुपर्ने बाध्यताले पनि खानपानमा पूरै परिवर्तन आउँछ ।

बुढ्यौलीमा जीवनसाथी गुमाइसकेपछि वा परिवारबाट एक्लिएपछि एक्लै खाना खान रुचिकर हुँदैन । मुखमा स्वाद हुँदैन । चपाउन र निल्नमा पनि गाह्रो हुन्छ । खानाको बास्ना पनि अनुभव हुँदैन। यसको नतिजा के भने खानामा एकदमै अरुचि हुन्छ । जबकि यही चरणमा हो शरीरलाई सन्तुलित र सुपाच्य खानेकुरा चाहिने ।

हामी सबै खानाका विज्ञ हौं किनभने हरेक दिन हामी खानेकुरा खाइरहेकै हुन्छौं । तर, यस कुरामा ख्याल गर्नुपर्छ कि हामीले हरेक क्षण चपाइरहेको, खाइरहेको खानेकुरा स्वास्थ्यका लागि कति महत्वपूर्ण छ ?बिबिसी हिन्दीबाट भावनुवाद

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया