Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अमेरिकामा कोरोनाबाट ८७ हजारको मृत्यु, साढे १४ लाख संकमित

   
175   पटक पढिएको

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ८७ हजार पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा एक हजार ७ सय ३ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८६ हजार ९ सय पुगेको हो ।

मृत्युदर उच्च रहेको अमेरिकामा संक्रमितदर पनि उच्च नै रहेको छ । बितेको २४ घण्टामा त्यहाँ २६ हजार नयाँ संक्रमित थपिए भने कुलसंख्या १४ लाख ५६ हजार पुगेको छ ।

तीन लाख १७ हजार संक्रमित उपचारपछि निको भएका छन् । अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित देश हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया