Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सरकारको "समाजवाद"शव्दमा मात्रै सिमित,संघीयता खारेज गरेर कोरोना कोषमा बजेट खर्च गर्न सांसद पौडेलको माग

   
520   पटक पढिएको

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको समाजवाद उन्मुख भन्ने शब्द शब्दमा मात्रै सिमित रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले राष्ट्रपतिबाट प्रस्तुत भएको नीति तथा कार्यक्रममा समाजदवाद उन्मुख भनिएपनि त्यस्तो कुनै कार्यक्रम नल्याईको बताउनुभयो ।

क्रान्तिकारी भूमिसुधार लागू गरी हदभन्दा बढी जमिन विना मुआब्जा अधिग्रहण गर्नुपर्छ र भूमिहीन किसानलाई वितरण गर्नुपर्छ पौडेलले भन्नुभयो, यति कार्यक्रम मात्रै ल्याएको भएपनि सरकार केही हदसम्म समाजवाद उन्मुख भएको मान्न सकिन्थ्यो । नीति तथा कार्यक्रममा यसबारेमा आफूले संशोधन प्रस्ताव राखेको जानकारी दिँदै पौडेलले किसानलाई जमिनको मालिक बनाउनुपर्ने बताउनुभयो ।

यस्तै, सांसदले खर्च गर्ने पूवार्धार विकास कोषको रकमलाई कोरोना नियन्त्रण कोषमा राख्न र विदेशबाट फर्कने युवाहरुलाई रोजगारको व्यव्सथा मिलाउन माग गर्नुभयो ।

सांसद पौडेलले संघीयता खारेजीको लागि आफूले संशोधन प्रस्ताव राखेको जानकारी दिँदै प्रादेशिक संरचनामा भएको अनावश्वयक फजुल खर्च कोभिढ १९ ले सिर्जना गरेको समस्या समाधान र विकास निर्माणको काममा लगाउन आग्रह गर्नुभयो । यस्तै, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आग्रह गर्नुभयो । विदेशस्थित नेपालीलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्च अदालतले

दिएको आदेश कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । लिपुलेकलगायत अतिक्रमित भूमि फिर्ताका लागि तत्काल अन्तर्राष्ट्रियकरण गर्न पनि पौडेलले माग गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया