Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मालारानी ७ मा खतराको घण्टी बज्न सक्छ ! सचेत रहन अपिल

   
1961   पटक पढिएको

बिजय खनाल,मालारानी।
जेष्ठ ५ ,अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वाड नं - ७ मा कपिलवस्तुको चन्दौटाबाट आफ्नो घर जान हिडेका दम्पती जिल्लाको सदरमुकाम सन्धिखर्कबाट हिडेपछी सम्पर्क बिहिन हुँदा र खोज अनुसन्धान गर्दा पत्तो नलागेपछी टोलवासी सम्पुर्णमा खैलाबैला छाएको बुझिएको छ ।

कपिलवस्तु हाल कोरोना संक्रमीत अधिक हुने जिल्लाको सुचिमा पर्दछ । सरकारको रातो सुचिमा परेको जिल्लाबाट यसरी जिल्ला भित्रने दाम्पतीलाई पालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्नुपर्ने मागसहित टोल वासीले वडा कार्यालयमा अपिल गरेका छन ।

जो सम्बन्धि निर्णय गर्न वडा र टोलको संयोजकत्वोमा सो सम्बन्धि बिपत्ति आउन नदिन भोलि बिहान ६ बजे बैठक बोलाइएको मालारानी -७ का वडा अध्यक्ष खडक प्रसाद भुसालले जानकारी गराउनु भएको छ ।

यस अधि वडाले होम क्वारेन्टाइन राख्ने गरि गरेको निर्णय अब टोलवासिलाई मान्य नहुने र यसरी खतराको घण्टी बजिरहेको ठाउबाट भित्रने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने आफुहरुको माग रहेको स्थानीय टोल सुधार समितिका संयोजक मणिराम पराजुलीले जानकारी गराउनु भएको छ ।

पारिवारिक स्रोतले घरमा आइनपुगेको जानकारी गराएपनि उक्त दम्पती घरमा आइपुगेको आसंका गर्दै टोलबासिले रातभर निगरानी गर्नुपर्ने जनाएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया