Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रगतको अभाव हुन नदिन सहकारीद्वारा रक्तदान

   
221   पटक पढिएको

बुटवल ,५ जेठ ।सजिलो बचत तथा ऋण सहकारी सस्था लिमीटेड बुटवल ९ कालिकानगरले रक्तदान कार्यक्रम गरेको छ ।

सहकारीको ११ औ स्थापना दिवस तथा कोभिड- १९ को महामारीको बेला बिरामीलाई रगतको अभाव भएको अबस्थामा रगतदान गर्दा बिरामीलाई केही मात्रामा भएपनि राहत होस भन्ने उदेश्यले गरिएको कार्यक्रममा ४० जना सदस्यले रगत दिएका थिए ।

रक्तसञ्चार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष रामराज पोख्रेल ,सल्लाहकार गोबिन्द प्रसाद मरासिनी ,अम्मर बहादुर खड्का ,सचिब गुणानिधि खनाल ,सदस्य भिमलाल गौतम ,बिष्णु गिरी ,लेखा संयोजक बिनसलाल श्रेष्ठ ,शेयर सदस्य बिक्रम खड्का ,खेमानन्द पाठक लगाएतका ४० जनाले रक्तदान गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया