Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

विदेशमा अलपत्र परेका नागरिकको प्राथमिकताको आधारमा उद्दार गर्ने मन्त्रीपरिषदको निर्णय

   
169   पटक पढिएको

काठमाडौं, ५ जेठ। आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अप्ठारोमा परेका नेपालीहरुलाई स्वदेश फर्काउनेबारे छलफल भएको छ। बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अप्ठेरोमा परेका नेपालीलाई उद्धार गर्ने प्रस्तावित प्रक्रियाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफ्रिङ गरेका थिए।

बैठकमा उनले उद्धारको प्रकृया र स्वदेशमा व्ययस्थापनको खाकाप्रधानमन्त्री समक्ष प्रस्तुत गरेका थिए। बैठकमा विदेशमा रहेका नेपालीलाई उद्धार गर्दा पहिलो चरणमा कस्तो अवस्थाकालाई प्राथमिकतामा राख्ने भन्नेबारेमा छलफल भएको थियो।

मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीलाई उद्धार गर्ने ४ तरिका प्रस्तुत गरेका थिए।उनले प्रस्ताव गरेका ४ प्रस्तावमध्ये पहिलो प्रथामिकता बिरामी भएर उपचार गर्न गएको नेपाली नागरिक, गर्भवती महिनाहरु, नेपालमा आफन्तको निधन भएर आफ्नो संस्कृति अनुसार काजक्रिया गर्न नपाएकाहरुलाई उद्धार गर्ने योजना रहेको छ।

त्यस्तै उनिहरुलाई विदेशबाट ल्याएपछिको योजनाबारेपनि बैंठकमा छलफल भएको छ। उनिहरुलाई सकेसम्म विदेशमै स्वास्थ्य परीक्षण गरेर ल्याउने र नेपालमा कहाँ, कसरी र कस्तो क्वारेन्टाइनको व्यवस्था गर्नेबारे छलफल भएको छ। सम्बन्धित मुलकसँग पहल गरेर स्वास्थ्य परीक्षण गराएर रिर्पोट आएपछि ल्याउने, परीक्षण हुन नसके नेपालमै ल्याएर परीक्षण गर्नेबारे छलफल भएको छ ।

यहाँ ल्याएपछि कसरी स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइन कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको छ।त्यस्तै बैठकमा यस्तै जनजीवन कसरी सहज बनाउने, राहत वितरणलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि छलफल भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया