Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

आजबाट नेपालको नयाँ नक्सा, मन्त्रिपरिषद्ले पास गर्‍यो लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा

   
223   पटक पढिएको

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ ।

साेमबार बसेको मन्त्रिपरिषद बैठकले ७ सय ५३ वटै स्थानीय निकायसँगै भारतद्वारा अतिक्रमित भूमि समेटेर नयाँ नक्सा पारित गरेको हो । नक्सामा कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितका भूमि समेटिएका छन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको नक्सा मन्त्रि परिषद बैठकमा भूमिसुधार मन्त्री पद्मा अर्यालले पेश गरेकी थिइन् । सरकारले जेठ २ गते संसद्‍मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिचिएका नेपाली भूभाग सहितको नेपालको नक्सा सार्वजनिक गर्ने विषय उल्लेख थियो।

संसदको अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समिति र राज्य व्यवस्था समितिले यसअघि नै सबै नेपाली भूभाग समेटेको नयाँ नक्सा जारीगर्न पटकपटक निर्देशन दिएका थिए। भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नेा क्षेत्रमा देखाएको थियो ।

त्यसको नेपालमा चर्को वि’रोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

भारतले हालै मात्र लिपुलेक हुँदै तिब्बतकाे मानसराेवर जाेड्ने सडक उद्घाटन गरेपछि परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गरेर वि’राेध जनाएकाे थियाे। सरकारले तत्काल वार्ता गर्न चाहेपनि भारतले को’रोना संकटपछि भनेको छ।

त्यसैले सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।sidhakura post

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया