Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

शितगंगा नगरपालिकाको वडा नम्बर ६ र ७ मा ६५ घरधुरीलाइ जस्तापाता बितरण

   
122   पटक पढिएको

झनक केसी। शितगंगा नगरपालिकाको वडा न ६ र७ मा खरको छानो भएकाहरुलाई जस्ता पाता बितरण गरीएको छ । वडा न ६ मा ५६ घरधुरीलाइ र वडा न ७ मा ६५घरधुरीलाइ जस्ता पाता बितरण गरीएको छ ।

पहिलो प्राथमिकता दलित, अपाङग, अल्पसंख्यक, आगलागी पिडितहरुलाइ नगरपालिकाको मापडण्ड अनुसार प्रत्येक घरधुरीलाई ९ फीटे २५ वटा पाता उपलब्ध गर्याइएको छ ।

अब शितगंगा नगरपालिकाको वडा न ६ मा लगभग ३०० घरधुरीलाई बितरण गर्न बाँकि रहेको वडाअध्यक्ष रिषी रेस्मी ले जानकारी दिनुभयो यस्तै वडा न ७ मा अझै १८४ घरधुरीलाई बितरण गर्न बाँकि रहेकोमा अर्को चरणमा बितरण गर्ने वडा न ७ का वडाअध्यक्ष मोहन पन्थी ले जानकारी दिनुभयो ।

नगरपालिकाले यो बर्ष प्रत्येक वडामा खरको छानो भएका घरधुरीका लागि ९ फीटे २५ वटा जस्तापाता बितरण गर्नलागेको छ भने वडा नम्बर २,३ र ४ खरको छानो मुत्त गर्दै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया