Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सामाजिक क्षेत्रमा अग्रणि भुमिका निर्भाहा गर्दै अर्घाखाँचीका बरिष्ठ निर्माण व्यवसायी नारायण प्रसाद बन्जाडे

   
165   पटक पढिएको

दिपक बहादुर कार्की ,सन्धिखर्क।
जेष्ठ ६ ,अर्घाखाँचीबुलेटिन -  बरिष्ठ निर्माण व्यवसायी सामाजिक अभियान्ता तथा पुस्पा निर्माण सेवाका सन्चालक नारायण प्रसाद बन्जाडेले बिपतका बेला सहयोग गर्नु मानबिय सेवा र धर्म भएको बताउनु भएको छ ।

अर्घाखाँची जिल्लामा रहेर लामो समयसम्म निर्माण ब्यबसाय गर्नु भएका बन्जाडेले अर्घाखाँची का धेरै ब्यक्ति हरुलाई आर्थिक सहयोग गर्नु भएको छ ।

बजार सुधार समितिका अध्यक्ष समेत रहेका बन्जाडे अर्घाखाँची का लोकप्रिय समाजसेवि ब्यक्ति हुन( क) बर्गको फर्म पुस्पा निर्माण सेवाका सन्चालक बन्जाडेले लकडाउनका बेला पनि बिभिन्न ब्यक्तिहरुलाई सहयोग गरेका छन ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले बितरण गरेको राहात सगै बरिष्ठ निर्माण व्यवसायी बन्जाडेले ६६ घर परिवार लाई दाल तेल चिनि उपलब्ध गराएका थिए भने उहाका भाई वार्ड अध्यक्ष युवराज बन्जाडेले १ हजार किलो चाबल ब्यक्तिगत रुपमा सहयोग बितरण गरेका थिए ।

सहयोगी मनका धनि बन्जाडे परिवारले जिल्लामा हरेक बिपतका बेला सहयोग गर्दै आएका छन बन्जाडे राम्रो काम गर्ने गुणस्तरीय काम गर्ने ब्यबसाहि हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया